मूल्यबृद्धिले ठूलालाई दशैं, सर्वसाधारणलाई दशा

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपालीहरुको महान चाड वडादशैं नजिकिँदै गर्दा बजार भाउ आकासिएको छ । सर्वसाधार गरीव र निमुखाहरु दशैं मान्ने अवसरबाट बञ्चित हुँदैछन् । बजारमा एक सिलिन्डर खाना पकाउने ग्याँसको मूल्य २ हजार पुगेको छ । यातायात व्यवसायीहरुले चाडावाडको मौका छोपी मनलाग्दी भाडा असुल्ने गरेका छन् । यातायात व्यवसायीहरुले सधैं चाडवाडको मुखमा भाडा दोब्बर लिने गर्दै आएका छन् ।

सरकारले चाडवाडलाई लक्षित गरी सर्वसुलभ पसल सञ्चालन गरेको भनिए तापनि नाम मात्रको हुने गरेको छ । अधिकांश सर्वसाधारणले त्यस्ता पसलहरुको भेउ नै पाउँदैनन् । धनीमानी व्यक्रि, व्यापारी, कर्मचारी र पहुँचवालाले मात्रै त्यसको उपयोग गर्ने गरेका छन् । गरीव वर्गलाई लक्षित गरेर सुफत मूल्य पसल खोलिए पनि त्यो अनुसारको सेवासुविधा पाउने गरेका छैनन् । प्रतिकेजी ४ सय रुपैयाँको जिरा १२ सय ५० पुगेको छ । बजारमा प्रतिकेजी ८० रुपैयाँको चिनी १२० देखि ३० रुपैयाँसम्म पुगेको छ । खाने तेल ३ सय रुपैयाँ पुगेको छ । २५ केजी चामलको मूल्य पनि २४ सय रुपैयाँ पुगेको छ । दालको मूल्य २ सय र १८० पुगेको छ । त्यस्तै लत्ताकपडादेखि सबै सामग्रीमा बजार मूल्य झन्डै ४० प्रतिशतभन्दा माथि बृद्धि भएको छ ।

तर, सरकार भने त्यस विषयमा मुकदर्शक बनेर बसिरहेको छ । राजनीतिक दलका नेता र सांसदहरुले पनि सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने दैनिक उपभोग्य वस्तुमा झन्डै दोब्बर मूल्यवृद्धि हुँदापनि राजनीतिक दल र त्यसका भ्रातृ, शुभेच्छुक संस्थाहरुले एक शब्दसमेत बोल्ने गरेका छैनन् । उता वाणिज्य तथा आपूर्ति विभागले मूल्यबृद्धिमा अनुगमन गरिरहेको बताइरहेतापनि खासै प्रभाव पारेको देखिँदैन । केही व्यापारीहरुलाई कालाबजारी गरेको आशंकामा कारबाहीको दायरामा ल्याए तापनि त्यसले प्राथमिकता पाउन सकेको छैन ।

एकातिर व्यापारीहरले पुराना, डेट सकिएका सामानहरु नयाँ लोगो र स्टिकर प्रयोग गरी बजारमा अखाद्य वस्तुहरु खुलमखुला बिक्रीवितरण गरिरहेका छन् भने अर्कोतिर पसलैपिच्छे खाद्यान्नदेखि विभन्न वस्तुको भाउ फरक–फरक रहने गरेको छ । खाद्यान्नमात्रै होइन पिय पद्धार्थ, कोकाकोला, फ्यान्टा, इस्प्राइट, जुस, मदिरालगायतको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको छ । तर, सरकारले काजालाबजारीलाई नै प्रोत्साहन दिएको देखिन्छ ।

देशमा यस्तो अवस्था भइरहँदा प्रधानमन्त्री प्रचण्ड भने झन्डै दुई साता लामो विदेश भ्रमण गरेर गत शनिबार मात्रै स्वदेश फर्किएका छन् । प्रधानमन्त्री लामो समयको विदेश भ्रमणबाट स्वदेश फर्किए पनि देश र जनताको आवश्यकता भन्दा आफ्नो सत्ताको आयु लम्ब्याउने र राजनीतिक दलका नेताहरुलाई खुसी पार्ने कामभन्दा अन्य काम गरेको देखिँदैन । तर, वडादशैं, दीपावली र छठ जस्ता महत्वपूर्ण चाडपर्व घर आगनमा आइपुग्दा बजार मूल्य ह्वात्तै वृद्धि हुँदा सर्वसाधारण जनता निराश भएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *