टेलिकमभित्रको समाचार पुष्टी

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपाल टेलिकमभित्र हुने गरेको भ्रष्टाचारको समाचार विगत लामो समयदेखि तामाकोशी सन्देशले प्रकाशित गर्दै आएको थियो । सो समाचार अहिल आएर सत्यमा सावित भएको छ ।

नेपाल टेलिकमभित्रको बिलिङ मेसिन खरिददेखि विभिन्न टेन्डर, ठेक्कापट्टाहुँदै विभिन्न विकृति, विसंगति र भ्रष्टाचारको समाचार तामाकोशी सन्देश साप्ताहिकले पटक–पटक प्रकाशित गर्दै आएको थियो । सो समाचार प्रकाशित भएपछि कतिपय सञ्चारमाध्यमहरुको टाउको दुखाइ बन्थ्यो भने कतिपय सम्बन्धित निकायका उच्च पदस्थ कर्मचारीहरुको पनि टाउको दुखाइ हुने गरेको थियो ।

टेलिकमका अधिकांश कर्मचारीहरुले त टेलिकमको समाचार नलेखिदिन आग्रह पनि गरेका थिए । तर, तामाकोशीले त्यो आग्रहलाई अस्वीकार गर्दै टेलिकमभित्र हुने विकृति, विसंगतिको बारेमा जनतालाई सुसूचित गराउने काम छाडेन ।

तामाकोशीले टेलिकमको समाचार लेखिरहँदा कतिपयले आग्रह, पूर्वाग्रहको संज्ञा पनि दिएका थिए । त्यस्ता लाञ्छनाहरुको पनि प्रवाह नगरी तामाकोशीले समाचार प्रकाशित गर्न छाडेन । अहिले आएर उक्त समाचार सत्य भएको पुष्टि भएको छ । अस्ति असोज १५ टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलसहित अन्य ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि समाचारको पुष्टि भएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *