कांग्रेस भित्र युवा सुस्ताउँदै

राजनीति समाचार

काठमाडौ । पार्टीको महासमिति बैठक मंसिर १३, १४ र १५ गते काठमाडौंमा गर्ने निर्णय त भयो तर ९ जना मन्त्री लिएर सरकारमा गएका नेता तथा सांसदहरुले लोकप्रिय काम गर्न सकेनन् । केन्द्रीय समितिको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके बालकृष्ण खाँडको वकालत गर्दा सहमहामन्त्री महेन्द्र यादवमाथि राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेको कुरा चर्कियो ।

कांग्रेस विचित्रको पार्टी भएको कुरा यसका युवा नेता सुस्ताउनुले छर्लंग पार्दछ । भ्रष्टाचारविरुछ बढी बोल्दा महामन्त्री गगन थापाको बाख्रा फार्म काण्ड, प्रदीप पौडेलले युवा विदेश भ्रमण जाँदा लैजाने फर्कंदा छाडेर आउने काण्ड खोतल्ने स्थिति हुनसक्छ । एकपटक पदमा पुगेपछि एउटै निर्णयले ९ करोड चौधरी गु्रपको बिटुमिन फाइल सदर गर्दा लिएका हिन्दुवादी नेता शंकर भण्डारीका तरिका गगन र प्रदीपभन्दा फरक छ ।

सभापति देउवाले श्रीमती डा.आरजुबाट बद्नामीको चाङ थुप्रै भएकाले पहिला जे जे भएपनि मिल्नुपर्छ देश बनाउनुपर्छ भन्दा ती युवा राहतको महसुस गर्न थालेका छन् । डा.शेखर समूह पनि कांग्रेस सुधार्न लागेको बताउँछ । तर कानून मन्त्रीले नेपालगंजका रिगल उर्फ योगराज ढकालजस्तो हत्यारालाई आठ वर्ष कैद भुक्तानी नगर्दै छाड्दा पार्टीभित्र विरोध छ । अरुलाई विधिको शासन भन्ने आफू कानून मिच्ने शैली नेतामा चल्दै आएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *