एमालेभित्र प्रदेश अधिवेशनः भाइ आउट

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रदेशको निर्वाचनले छनौट गरेको नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् । कोशी प्रदेशमा विराटनगरका विनोद ढकाल पराजित भएर घनश्याम खतिवडाको विजयले ओलीलाई झस्काएको हो । ओलीको ग्रिन सिग्नल पाएका कर्णालीका मिनबहादुर शाही, लुम्बिनीका रश्मी आचार्य, गण्डकीका मायानाथ अधिकारी, कोशीका विनोद ढकाल पराजित हुनुमा निर्वाचनसमिति प्रति नै अध्यक्षको आक्रोश बढेको छ । एमालेमा कसैको आदेश चलेको छैन ।

एमालेमा केपी ओलीको आदेश विधानसम्वत मान्न कोही तयार छैनन् । शंकर पोखरेल, विष्णु पौडेललाई तौलेर नेता बनाएका थिए । ओलीले बेलाबखत तिनैलाई ब्यंग्यात्मक रुपमा झपार्ने गर्छन । दुवै केपी पक्षका भएकाले प्रदेश निर्वाचनमा पार्टी विभाजनका १२ भाइको कहीँ कतै खोजी भएन । पदका हिसाबमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली छन् । तर एमालेमा केपी ओली पक्षका विष्णु पौडेल र शंकर पोखरेलको बोहक अरुको खोजी भएन ।

योगेश भट्टराई, भिम आचार्य, गोकर्ण विष्ट सचिव दोहोरिए, शेरबहादुर तामाङ पोलिटव्यूरो सदस्य भएकै छन् । एमालेका अध्यक्ष ओलीले आफु ४१ महिने सरकार चलाउँदा जनताको सेवा गर्ने गरी कार्यक्रम ल्याएनन् । चुच्चे रेल, पानी जहाजमै सत्ता बित्यो । पार्टीको समेत कतै चासो र चिन्ता भएन । उपाध्यक्ष र महासचिवले छुट्टाछुट्टै टिम बनाएर चुनाव भिडेकोमा मन परेका छैन ।

अध्यक्ष ओली प्रदेशको नेतृत्व चयनलाई सक्षम बनाउनुको सट्टा आफ्नै टिमको होस् भन्ने थियो । एमालेका प्रदेश तहका अधिवेशनमा कुनै विचार, सिद्धान्तको बहस नहुनुको कारण भजनमण्डली बढाउनु नै थियो । एमालेमा नयाँ चिन्तन, नयाँ दृष्टिकोण भन्दा पनि पदमा पुग्न कसैको पछि लाग्ने भन्ने लडाइँ प्रदेशमा मात्र होइन जिल्लामा पनि छ । त्यसैकारण माधवलाई धोका दिएका १२ भाइको प्रदेशमा खोजी भएको छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *