यातायातका योगेन्द्र चौलागाईंको अनेक बद्मासी

राजनीति समाचार

काठमाडौं । भनिन्छ निजामतीमा ८० प्रतिशत कर्मचारीहरु भ्रष्ट छन् । २० प्रतिशत कर्मचारीले मात्र निजामतीको शाख बचाइरहेका छन् । अख्तियारको हालै सार्वजनिक प्रतिवेदनले भन्छ,नासु र अधिकृत तहका कर्मचारी सबैभन्दा घुस्याहा छन् । यस्तै एक नासु र अर्काे अधिकृतको बदमासीको चर्चा गरिदैंछ यहाँ ।

मासिक ३५ हजारदेखि ४० हाराहारी तलब खाने सुब्बा र अधिकृतस्तरका कर्मचारी । जस्ले काठमाडौंमा दुई दुई ठाउँमा घर घडेरी जोडेको देखिन्छ । तिनका ऐयासी जीवन देख्दा जो कोही चकित हुन्छन् । यस्तै अर्काे एक नासु भेटिन्छन्,सिंहदरबारतिर । उनले कमिसनका बलमा करोडौं आर्जन गरिसकेको चर्चा चल्ने गर्दछ शहरी विकास मन्त्रालयतिर । जस्को जागिर छ,संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा । यस्को काम हो,मन्त्री क्वार्टरका लागि आवश्यक सर सामाग्रीको व्यवस्थापन गर्ने । झण्डै बार्षिक १० करोड बजेट हुने उक्त विभागको खरिद शाखाका हर्ताकर्ता हुन पशुपति पोखरेल ।

भीआइपीका लागि खरिद हुने उपभोग्य सामानदेखि फर्निचर र कार्पेट खरिदसम्मको काम गर्ने उक्त निकायमा बसेर पोखरेलले हरेक खरिदमा हजारौं तलमाथि गर्ने गरेको त्यहीँका कर्मचारीहरुको आरोप छ । सचिवालयले अति विशिष्ट ६ पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष) तथा मन्त्री निवासका लागि दैनिक उपभोग्य सामान उपलब्ध गराउँदै आएको छ । यस्ता उपभोग्य सामान खरिद गर्न सचिवालयले हरेक बर्ष सप्लायर्स कम्पनीसँग सम्झौता गरेको हुन्छ । सप्लायर्स कम्पनीसँग पोखरेलले मिलामतो गरेका छन् । भीआईपीहरुका लागि सामान खरिदमा सप्लायर्स कम्पनीसँग पोखरेलले २५ प्रतिशतसम्म कमिसन लिने गरेको आरोप छ । यसरी हात पारेको कमिसनको केही हिस्सा हाकिम कुमार घिमिरेलाई बुझाएर तीन बर्षदेखि उनी रजाई गर्दै आएका छन् ।

यतिसम्मकी हाकिमकै आड भरोसा पाएका कारण त्यहाँका उपसचिव र अधिकृतलाई सम्म पेल्दै आएका छन् पोखरेलले । नाताले भोला पोखरेलका काका हुन । भोलाले उपत्याका विकास प्राधिकरणबाट सरकारी गाडी तानेर चढिरहेकै शैलीमा पशुपतिले कार्यालयको बा.१ झ. ५१७० नम्बरको सरकारी गाडीमा रजाई गर्दै आएको त्यहाँका एक कर्मचारीले बताए । स्वतन्त्र निजामती कर्मचारी संगठन खोलेर त्यसको अध्यक्ष बनेर हिडेका उनले केही महिना अघि सिंहदरबारको गेटैमा रमिता देखाएका थिए ।

उता नेपाल निजामती कर्मचारी संगठन (नेकपा एमालेको भातृसंगठन) जिल्ला÷विभागीय कमिटिका विभिन्न पदमा रहि हाल यातायात कार्यालय ठूलो भ¥याङका प्रशासन अधिकृत (छैंटौं) तहका योगेन्द्र चौलागाईको काठमाडौंमा जग्गा जमिन र करोडौंको सम्पत्ति जोडेको देखिएको कर्मचारीहरुले बताएका छन् । पुख्र्यौली सम्पत्तिको नाममा सिन्धुलीमा २÷४ कठ्ठामात्र पाखोबारी मात्र रहेको व्यत्तिले ०५४ सालमा जागिर प्रवेश पश्चात आर्जन गरेको सम्पत्ति देख्दा जो कोही आश्चर्यमा पर्ने उनकै सहकर्मीहरुले बताउँछन् ।

जागिरे जीवनको सिलसिलामा मालपोत,गाविस सचिव,अध्यागमन,जिल्ला प्रशासन कार्यालय हुँदै एक दशकदेखि यातायात कार्यालय छोडेर जानु परेको छैन,चौलागाईले । उनले ०७५ सालमा सिन्धुलीको दूधौली नगरपालिका वडा ९ स्थित खिर्रयानी स्कूल छेउ बमबहादुर गिरिको तीन बिघाहा खेत प्रति कठ्ठा ११ लाखको दरले झण्डै साढे ६ करोडको जग्गा खरिद गरेको भेटिएको छ । यस्तै सिन्धुली जिल्लाकै दूधौली नगरपालिका वडा नम्बर ६ को हर्सायी चोक छेउ ०८० भाद्र महिनामा सरिता कुमारी घलेको ६ बिघाहा १४ कठ्ठा प्रति कठ्ठा ५ लाखको दरले जग्गा ६ करोड ७० लाखमा किन्न भ्याएका छन् ।

०६८ सालमा काठमाडौं कंलकीमा साढे तीन तल्ले घर बनाएको । हाल उक्त जग्गाको चल्तीको मूल्य साढे चार करोड पर्ने बताइन्छ । यस्तै ०७३ सालमा ७५ लाखमा काठमाडौं नैकापमा ४ आनामा घडेरी खरिद गरेको उनका सहकर्मीहरुले बताएका छन् । उनको बंगलाको फोटोसमेत हामीसँग सुरक्षित छ ।विभिन्न बैंक बीत्तिय संस्थामा वचत रहेको र विभिन्न व्यक्तिलाई ऋृण दिएको समेत गरि नगद रकम एक करोडभन्दा माथि रहेको बताउँदै हिड्छन्, योगेन्द्र । झण्डै ६ लाख बजार मूल्य पर्ने भीआर मोटरसाइकल चढेर हिड्ने उनको बदमासीमा अख्तियार,सर्तकर्ता केन्द्र,सम्पत्ति शुद्धीकरणजस्ता निकायको ध्यान किन जाँदैन ? यातायातकै केही कर्मचारीले चासो राखेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *