अनलाइन व्यापारबाट ठगी बढ्दै

राजनीति समाचार

काठमाडौं । अधिकांश उद्योगी व्यवसायीहरुले आफ्नो कम्पनीको प्रचारको लागि गुगल वेबसाड बनाई प्रचार प्रसार गर्ने गरेका छन् । यसरी प्रचार, प्रसार गर्नेहरुले अधिकांश सञ्चारमाध्यमदेखि उपभोक्ताहरुलाई ठगी गर्दै आएका छन् ।

गुणस्तरका विभिन्न नारा दिएर अधिकांश सर्वसाधारण नेपालीहरुलाई ठगीसँगै सामाजिक सञ्जालमा समेत प्रचार गर्न लगाउने र सामाजिक सञ्जालबाट विभिन्न व्यापार व्यावसायीहरुको विज्ञापन गराउने, उपभोक्तालाई सस्तो, भरपर्दो, गुणस्तरयुक्त र टिकाउ भनेर प्रचारप्रसार गरी महंगो मूल्यमा नक्कली सामान भिडाउनेको संख्या पनि ह्वात्तै बढेको छ । अधिकांश सर्वसाधारण नेपाली उपभोक्ताहरु पनि बजारमा नगइ अनलाइन मार्केटको भरमा सामान किन्ने गर्दछन् । अनलाइनको भरमा सामान किन्दा अधिकांश सर्वसाधारण जनता ठगिनेसँगै महंगो शुल्क तिर्न वाध्य छन् ।

तर, अधिकांश व्यवसायीहरुले अनलाइन सिस्टममा व्यापार गर्दा उनीहरुलाई बढी नाफा हुने र गुणस्तरहीन सामान पनि विक्री हुने भएकाले अनलाइन व्यापार फस्टाएको छ । अधिकांश सामान किनलमेलमा मात्रै अनलाइन व्यापार फस्टाएको छैन, बैंक तथा वित्तीय संस्थामा पनि भुक्तानी लिने दिने सबैमा अनलाइन माध्यमको प्रयोग हुन थालेको छ । अनलाइन पेमेन्ट गर्दा सजिलो हुने बहानामा चाहिनेभन्दा बढी चार्ज लिने गरिन्छ । नेपालको प्राविधिक सिस्टम पनि भरपर्दो र विश्वासिलो छैन ।

अनलाइन बैंकिङ सिस्टमहरु पनि ह्याक हुने र ह्याक गरेर सिस्टमलाई बिगार्ने काम पनि गरिँदै आएको छ र भरपर्दा पनि छैनन् । कतिपय भुक्तानी पठाइसक्दा भुक्तानी नपाएका गुनासोहरु आउने गरेका छन् । ंअधिकांश ठाउँमा सरोबर ह्याङ भएको बहानामा पनि ठगी गर्ने गरेका छन् । पछिल्लो समय साना चिया पसलदेखि ठूला होटेल, रेष्टुरेन्ट, उद्योग, कलकारखानासम्ममा अनलाइन पेको व्यवस्था भएकाले यसका प्रयोगकर्ता पनि बढेका छन् । सामान किनमेलामा मात्रै होइन कर्मचारीको तलब, सुविधा, स्कुल, कलेजको फि, तरकारी किनमेलदेखि घरजग्गा कारोबारसम्मको लेनदेनमा अनलाइन पेमेन्टको सिस्टम चलेको छ ।

अनलाइन पेमेन्टको प्रयोग बढ्नुका साथै गुणस्तर न्यून रहेको छ । ‘ई’ सेवा, मोबाइल बैंकिङ्क जस्ता सेवाहरुले जेष्ठ नागरिक, अशिक्षित र अन्य शारीरिक अक्षमता भएका व्यक्तिहरुलाई समस्या पनि त्यत्तिकै हुने गरेको छ । कतिपय अनलाइन पे गरेको बहाना बनाएर जेष्ठ नागरिकहरुलाई ठग्ने गरेको पाइएको छ ।

हुन पनि जेष्ठ नागरिकहरुले भन्ने गरेका छन्, अहिले त अनलाइन पे रे हामीलाई थहाँ छैन’ अनलाइन पे गरिदिएको छु भन्छन्, पैसा झिक्न जाँदा पैसा खातामा हुँदैन । अनलाइन पे मोबाइलमा हेर्दा पनि देखिँदैन भन्ने गुनासो सुन्न पाइन्छ । अनलाइन पेमेन्टको सिस्टम सुरक्षित, भर पर्दो र छिटोछरितो भए तापनि सर्वसाधारण जनतालाई टेक्निकल ज्ञान नहुँदा कारोबारमा समस्या देखिएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *