ट्राफिक प्रहरीको कमाउधन्दा मौलाउँदै

राजनीति समाचार

काठमाडौं । चाडवाड सुरु भइसकेपछि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुल्ला गरिराखेका छन् । यात्रुहरु पनि आफ्नो गन्तव्यको टिकट पाइन्छ कि पाइँदैन भनेर बिहानै टिकट काउन्टरदेखि फोनमा व्यस्त देखिन्छन् । तर, गाडी भाडाको भने कसैले पनि मतलब राख्दैनन् । जतिसुकै परोस् तर टिकट चाहीं पाउनुप¥यो भन्दै दौडधूप गरिरहेका हुन्छन् ।

यातायात व्यवसायीलाई पनि अनेक झन्झट व्यहोर्नुपर्ने हुन्छ । दिनभरि गाडी चलायो, समितिलाई हजारदेखि १२ सयसम्म बुझाउनुपर्ने, टोलटोलमा बसेर चन्दा उठाउनेलाई पनि दिनै प¥यो । त्यस्तै ट्राफिक प्रहरीलाई पनि महिनावरी बुझाउनै प¥यो । दिनभर सडकमा डिउटीमा खटिएका ट्राफिकलाई पनि हप्ता अथवा १५ दिने भत्ता दिनैप¥यो नत्र रुटबाट लखेटिइहाल्छन् । यदि ट्राफिक प्ररहीलाई पैसा नदिएको खण्डमा काठमाडौं उपत्यकाभित्र चल्ने ठूला लोकल गाडीलाई यात्रु चडाउने र ओराल्ने ठाउँमा पनि रोक्न दिइँदैन । ट्राफिक प्रहरीहरु फेरिइरहन्छन् उनीहरुले फेरिएपिच्छे एउटा न एउटा नयाँ फन्डा मच्चाइहाल्छन् । काठमाडठौं उपत्यकाभित्र चल्ने अधिकांश लोकल सवारी साधनमा सर्वसाधारणले सास्ति खेप्निुपरिरहेको छ ।

गंगपु, बसुन्धरा, बालजु एरिया जनाको लागि सुन्धरा जानुपर्छ । कलंकीबाट आउने गाडी सुनधारामा मात्रै रोकिन्छ । त्यस्तै चाबहिल, जोरपाटी, साँखु चल्ने गाडीहरु सुनधारबाट मात्रै चल्ने गर्दछन् । अन्य ठाउँमा गाडी रोक्न पाइने छैन । अधिकांश यात्रुहरुले आफ्नो गन्तव्यतिर जानको लागि विभिन्न समस्या भोगिरहेका छन् । कतिपय यातायात व्यवसाय र चालकहरुले मनपरी भाडा पनि असुल्दै आएका छन् । तर, चाडवाड लागेको छ, ट्राफिक प्रहरीलाई कमाइ खाने भाँडो बन्दै छ । छोटा दुरीदेखि लामो दुरीका चालकहरुले ट्राफिक प्रहरी बस्ने चेक पोष्टमा पैसा बुझाउनै पर्ने हुन्छ । यदि ट्राफिक प्रहरीलाई पैसा नदिएको खण्डमा केही न केही बहाना पारेर चिट काटिहाल्छन् ।

एक पटक चिट काट्दा रु १५ सय बुझाउनुपर्ने हुन्छ । एकातिर ट्राफिक प्रहरीले दुःख दिएका छन्, अर्कोतिर यातायात व्यवस्था विभाग मुकदर्शक बनेर बसेको छ । यातायात व्यवस्था विभागले यातायातका साधनहरु प्रदुषणमुक्त छ कि छैन, रुट अनुसारको गाडी सञ्चालनमा छ कि छैन, यात्रुसँग नियमसंगत भाडा उठाइएको छ कि छैन भनेर अनुगमन गरेको पाइँदैन । उल्टै यातायात व्यवसायहरुसँग मिलेर असुली धन्दा चलाइरहेका छन् । अधिकांश यातायात कार्यालयका कर्मचारी र ट्राफिकहरु मिलेर ट्रायल सेन्टरका कर्मचारीहरुसँग मिलेमतो गरी पैसा असुल्ने काम गरिराखेका छन् ।

ट्रायल सेन्टरका कर्मचारी र विचौलियाहरु मिलेर यातायात कार्यालयमा विभिन्न ठाउँका रुट पर्मिट दिने जस्ता काममा पनि पैसा असुल्ने गरिन्छ । अधिकांश गाडी किन बेच गर्ने, नामसारी गर्ने, विदेशी लाइसियन्सलाई नेपालीकरण गर्ने, नेपाली लाइसियनलाई विदेशीकरण गर्ने, हेबी गाडीदेखि टिप्पर, डोजरहरुको लाइसियन्स बनाउँदा पनि हजारौं रुपैयाँ असुल्ने धन्दा चलिनै रहेको छ । यातायात क्षेत्र जस्तो सम्वेदनशील ठाउँमा यस्तो धन्दा चलिरहँदा पनि सम्बन्धित निकायका कर्मचारी कमिसन आउने आशले निदाएको बाघजस्तै बनेर बसेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *