राजनीतिक भर्तिकेन्द्रले टाट पल्टिँदै संस्थानहरु

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले विभिन्न आयोग र संवैधानिक निकायमा राजनीतिक नियुक्ति गरेजस्तै गरेर जागिर खानेहरुको भीड नै लाग्ने गरेको छ । राजनीतिक दलहरुले विभिन्न आयोगमा आफ्नो कार्यकर्ता भर्ती गर्दछन् भने कर्मचारीहरु जागिरबाट अवकास पाएपछि राजनीतिक नियुक्ति खानको लागि विभिन्न नेताहरुको ढोका चहार्ने गर्दछन् । राजनीतिक नियुक्ति खानको लागि लाखौं पैसा पनि खर्च गर्दछन् ।

लाखौ पैसा खर्च गरेर जाने अड्डाहरु यस प्रकार छन् ः निर्वाचन आयोग, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, कर्जा सुरक्षा कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा प्राधिकरण, नेपाल वायु सेवा निगम, लोकसेवा आयोग, कर्मचारी सञ्चय कोष, धितोपत्र बोर्ड, पर्यटन बोर्ड, नेपाल आयल निगम, पशुपति क्षेत्र विकास कोषलगायतका क्षेत्रमा लाखौं खर्च गरेर नियुक्ति खाने परम्परा चलेको छ । यी र यस्ता ठाउँमा नियुत्ति भएबापत उनीहरुले राजनीतिक दलका नेताहरुलाई पालनपोषण गर्दै आएका छन् । पालनपोषण मात्रै गर्दै आएका छैनन् पार्टीलाई चन्दासमेत दिने र निर्वाचन खर्चसमेत उपलब्ध गराउने गरेका छन् ।

राजनीतिक दलहरुले यस्ता ठाउँमा आफ्ना मान्छे नियुक्ति गर्न न्वारनदेखिको बल निकालेर लाग्ने गर्दछन् । त्यसकारणले गर्दा पनि अधिकांश राजनीतिक नियुक्ति हुने संस्था दिनप्रतिदिन अधोगतितिर लाग्ने गरेका छन् । अधिकांश यस्ता व्यक्तिहरुले संस्थाको हित गर्नेभन्दा पनि राजनीतिक पार्टीको हित गर्ने नेताहरुको चाकडी गर्नमै समय बिताउने गर्दछन् ।

समय मात्रै बिताउने गरेका छैनन् राजनीतिक दलका अधिकांश कार्यकर्ता पाल्ने कामदेखि चन्दा दिने, राजनीतिक दलका कार्यकर्तालाई जागिर खुवाउनेदेखि विभिन्न कामहरु गर्दै आएका छन् । त्यसले गर्दा यस्ता संस्थाहरु दिनप्रतिदिन टाट पल्टिँदै गएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *