११ अर्ब भुक्तानी नहुँदा अर्थमन्त्रीको जागिर धरापमा

राजनीति समाचार

काठमाडौं । गत बिहीवार मन्त्रीपरिषद्को कार्यालयले निर्माण व्यवसायीले पाउनुपर्ने ११ अर्ब भुक्तानी गरिदिनु भनेर अर्थमन्त्रालयमा पत्र पठाए तापनि अर्थमन्त्रीले सो बजेट निकासा नगरेको निर्माण व्यवसायीहरुले गर्दै आएका छन् । निर्माण व्यवसायीका अध्यक्ष रवि सिंह व्यवसायीले पाउनुपर्ने भुक्तानी छिटो गरिदिनुप¥यो भन्दे मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए ।

तर, अर्थमन्त्रालयले अधिकांश निर्माण व्यवसायीको भुक्तानी गरिसकेको बताइरहेको छ । बाँकी रहेको ११ अर्ब रुपैयाँ भुक्तानी दिने भनिए तापनि निर्माण व्यवसायीले बिनास्वीकृति आफूखुसी गरेको कामको भुक्तानी नदिन अर्थमन्त्रालयले आलटाल गरेको बताइन्छ । तर, निर्माण व्यवसायीहरु ११ अर्ब भुक्तानी नपाएको बहाना बनाएर अर्थमन्त्री नै परिवर्तन गर्ने खेलेफड्कोमा लागेका छन् । कतिपय निर्माण व्यवसायीले गरेको कामको भुक्तानी ७२ अर्बभन्दा बढी थियो ।

सो भुक्तानी व्यवसायीले आन्दोलन गरेर समझदारी गरेपछि भुक्तानी पाएका थिए । बाँकी रहेको ११ अर्बको लागि पनि निर्माण व्यवसायीहरु छिटोभन्दा छिटो सो रकम आफूले पाउनुपर्ने दावी गरिरहेका छन् । यदि त्यो ११ अर्ब रुपैयाँ भुक्तानी दिएको खण्डमा सो पैसा बजारमा जाने अर्थतन्त्र पनि चलायमान हुने उनीहरुको तर्क छ । कतिपय निर्माण व्यवसायीहरुले त सिमेन्टी, छठ, गिटी, बालुवा जस्ता सामग्रीको भुक्तानी दिन नपाएको गुनासो गरिराखेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *