कोशीमा थापा र सिटौला ‘आउट’, एमाले ‘इन’

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र कुनै बेला नेता कृष्णप्रसाद सिटौलाको नाम सुन्नेबित्तिकै अधिकांश नेताहरुको होसहवास उड्थ्यो । सिटौला कांग्रेसमा रोलमोडल नेताको रुपमा गनिन्थे । उनी एकता नेपालदेखि भारतसम्मको राजनीतिक लाइन मिलाउन माहिर मानिन्थे । कांग्रेसभित्रको गुटबन्दीकै कारण सिटौलालाई विस्तारै पाखा लगाउँदै लगियो । त्यसको जालमा युवा नेता गगन थापा पनि पर्दै गए । गगन थापालाई अमेरिकी लभिको नेता भनिन्थ्यो भने सिटौलालाई भारतीय लभीको नेता भनेर पार्टीभित्र चर्चा चल्ने गरेको थियो ।

त्यसको उदाहरण बनेको छ अहिले कोसी प्रदेश । कोशी प्रदेशमा सत्तागठबन्धनका उद्धब थापालाई कृष्ण सिटौलाको साथ थियो भने भित्री रुपमा गगन थापाले पनि काखी च्याप्दै आएका थिए । सभापति शेरबहादुर देउवाको सहयोगमा उद्धब थापालाई कोशीको मुख्यमन्त्री बनाइएको थियो । त्यसमा इतपक्षले विरोध गरिरहँदा अन्त्यमा थापाको मुख्यमन्त्री पद नै खोसियो । कोशीको मुख्य मन्त्री बनेका थापालाई टिकाइरहन महामन्त्री गगन थापा र कृष्ण सिटालाले भरपुर सहयोग गर्दै आएका थिए । थापा मुख्य मन्त्री बनेकोमा कांग्रेसका इतरपक्ष नेता शेखर कोइराला समूहलाई चित्त बुझेको थिए ।

थापा मुख्यमन्त्री बनेदेखि कोइराला समूहले विरोध जनाउँदै आएको थियो । त्यसको विकल्प खोज्न कोइराला पक्ष कांग्रेस नेकपा एमालेको शरणमा पुग्यो । त्यसपछि डा. नेता शेखर कोइरालाले असहमति जनाएपछि जसको परिणाम स्वरुप केदार कार्कीले मुख्यमन्त्रीमा बाजी मारेका छन् । कार्की कोइरालापक्षका विश्वास पात्र मानिन्छन् । केदार कार्कीको सट्टा अर्का नेता हिमाल कार्कीलाई पनि मुख्यमन्त्री बनाएको भए कांग्रेसभित्र सहमति हुने थियो ।

तर, कांग्रेस संस्थापन पक्ष र इतरपक्षबीच सहमति नहुँदा प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर केदार कार्कीले मुख्यमन्त्री बनाइएको छ । मुख्यमन्त्रीमा केदार कार्कीले माजी मारेपछि सिटौला र गगन थापा हिस्स परेका छन् । कांग्रेस पार्टीभित्र यस्तै ताल भइरहने हो भने कोशी प्रदेशको जस्तै हालत सबै प्रदेशमा नहोला भन्न सकिँदैन । सत्ताबाहिर रहेको नेकपा एमालेले पनि कोसी प्रदेशको सरकारमा बाजी मारेको छ । कोशी प्रदेशको सिको सिक्दै एमालेले भित्री रुपमा सत्तासमिकरण गर्ने खेलोफड्को गर्दै छ । कोशी प्रदेशमा एमाले र कांग्रेस शेखर पक्षका ८ जना सांसदले हस्ताक्षर गरेर नयाँ समिकरणमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।

तर, आज कार्कीले विश्वासको मत पाए तापनि कांग्रेसभित्रको गुटबन्दीको लडाइँ भने चर्कँदै जाने भएको छ । शेखर कोइराला नजिक भएको बताइए तापनि महामन्त्री गगन थापा र कोइरालाबीच वाकयुद्ध सुरु हुने बताइन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापाबाट चिडिँदै गएका छन् । थापा जति चर्चामा आएका थिए पछि विस्तारै पार्टीभित्र सेलाउँदै गएका छन् ।

कृष्णप्रसाद सिटौलाको जस्तै हालत गगन थापाको पनि नहोला भन्न सकिँदैन । कांग्रेसमा इतरपक्षमा पनि डा. शेखर कोइराला गुटसँगै देउवाबीचको लडाइँले सत्तागठबन्धन सरकार नै धरापमा पर्ने देखिन्छ । प्रदेशबाट सुरु भएको विद्रोह केन्द्रसम्म नआइपुग्ला भन्न सक्ने स्थिति छैन । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *