अमरेशले गरे कांग्रेसको न्वारन

राजनीति समाचार

काठमाडौं । भारतीय वर्गका विश्वासी भनेर चर्चामा आएका सांसद अमरेशकुमार सिंहलाई कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल र डा.शेखर कोइरालाले २०८० को चुनावमा उम्मेद्वार बन्न पार्टीको टिकट दिएनन् । पैसा लिएर पार्टीको टिकट बेच्ने शेरबहादुर पत्नी डा.आरजु र रामचन्द्रको चित्त बुझाउन पैसा चाहिन्थ्यो ।

अमरेशले पैसा दिएनन् । बरु जनताका बिचमा नमस्कार गर्न दिनरात खटे चुनाव उनैले जिते । एमाले गठबन्धनले उपेन्द्र यादवले कांग्रेस माओवादी गठबन्धनका राजेन्द्र महतोलाई हराए । तिनै अमरेश स्वतन्त्र सांसद छन् । उनको कांग्रेस वर्गीकरण अनौठो छ । सिंहलाई देखेको कुरा संसदमा निर्धक्कसँग राख्न सक्ने सांसदका रुपमा लिइन्छ । भ्रष्टाचारमा डुबेका नेताको उनको संसदमा भण्डाफोर गर्छन । सरकारलाई राम्रो काम गर्दा सहयोग गर्ने, गल्ती गर्दा विरोध गर्ने सांसदको धर्म अमरेशले निर्वाह गर्छन् । जनताका कुरा अमरेशहरुको संसदमा उपस्थिति भएकै कारण अमरेशले कांग्रेसको निष्ठा र त्यागलाई अनुशरण गरेको कांग्रेस पार्टीमा सुषुप्त भएको बताएका छन् ।

अमेरश भन्छन्, ‘देउवा र रामचन्द्र पौडेल रिगल कांग्रेस हुन् भने भाउजु कांग्रेस डा.आरजु र मञ्जु हुन् । यिनले मुलुक लुटेका छन् । त्यहीकारण बद्नाम छन् । अर्काथरी भाइरल कांग्रेस छन् । उनीहरु पत्रपत्रिकामा भाइरल हुनछन् । ८÷१० जना पत्रकारले तिनको कुरा भाइरल बनाउँछन् । पार्टीमा तिनको केही चल्दैन । तिनलाई मिडिया कांग्रेस भनिन्छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल मिडियामा भाइरल कांग्रेस हुन्, जसको पार्टीमा केही चल्दैन । मिडियामा मात्र चल्छ ।

जनताले भाइरल कांग्रेसको कुरा पत्याएका हुन्छन् । अमरेशले कांग्रेस यस्तो व्याख्या गर्नु र व्यवहारमा ज्यानमारा, तस्कर, माफिया र भ्रष्टसँग रिगल कांग्रेस शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सम्बन्ध बलियो छ । रामचन्द्र राष्ट्रपति भएर पदको गरिमा राखेनन् भने शेरबहादुर देउवालाई बद्नाम गराउने डा.आरजु राणा हुन् । गिरिजाको बद्नाम सुजाताले गरिन् । गिरिजाको अन्तसँगै सुजाताको हैसियत तहसनहस भएको छ । सुजाता र डा.आरजुको बद्नामीले कांग्रेस पनि बद्नाम छ ।
(तामाकोशीन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *