सुनिल बम्किँदा प्रचण्ड मुसुमुसु !

राजनीति समाचार

काठमाडौं । मेडिकल माफिया सांसद डा.सुनिल शर्माले प्रचण्ड प्रधानमन्त्री पदमा पुगेपछिको यो १० महिनाको अवधिमा त्रिवि भन्सारबाट ४ सय टन सुन अवैध रुपमा भित्र्याएर भारतीय बजार पठाएको बताएका छन् । विराटनगरको नोबल मेडिकल कलेजका लगानीकर्ता डा.शर्माले कलेजका अरु लगानीकर्तालाई माओवादी वाइसिएल प्रयोग गरी अपहरण गराएर आफ्नो शेयर छाड्न बाध्य पारेको विगत छ । कांग्रेसका डा.शेखरको समूहको साथमा जनतालाई तर्साउँदै पैसा असुल्ने व्यापारिक व्यक्तित्वका शर्मालाई सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनमा पक्राउ गर्दा बढी रुने नेकपा एमालेका अध्यक्ष केपी ओली थिए ।

तस्कर, भ्रष्ट, माफियाको सहयोग भएकाले शर्माले गरेको अपराध जनतामाथि दोहनको दोहन समृद्धिमा पर्छ । प्रहरीबाट छुटेर आएपछि शर्मा केपी ओलीको खुट्टा ढोग्न बालकोट पुगेका थिए । शर्माका अनुसार राष्ट्र बैंकका गभर्नरले निजी बैंकहरुसँग मासिक घुस खान्छन् । उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल ग्लोबल आइएमई बैंकका मालिक छन् । गभर्नरलाई पैसा खुवाउने उनै हुन् । त्यस्ता अध्यक्षबाट बैंकहरु शोषित छन् । उद्योगी व्यापारीको हित नहुने कुरा शर्मा बताउँछन् ।

प्रचण्डपुत्री गंगा दाहालको गुची ब्यागलाई ३० लाख पर्छ । प्रधानमन्त्री दाहालको हातको घडी १ करोड ६५ लाख पर्छ भन्ने कुरा डा.शर्माले संसदमा कुरा उठाउँदा प्रधानमन्त्री मुसुमुसु हाँसेका थिए । वर्तमान सरकारबाट जनताले आश गर्न छोडेको छ । सरकारले केही राम्रो काम देखायो । तर दिनदहार्ड खुकुरी प्रहार गरेर नेपालगंजमा चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ‘रिगल’लाई डा.आरजु देउवाको दबाबमा जेलमुक्त गरेकै कारण व्यवस्थाप्रति घृणा जगाएको छ ।

कांग्रेस, एमाले, माओवादीका नेता बद्नाम भएकाले रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीप्रति जनता एकोहोरिएका छन् । रास्वपाका रवि लामिछानेले जे बोले पनि जनताले तिरस्कार गरेका पुराना दलका युवा छैनन् ।
(तामाकोशीन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *