एनआरएनएको निर्वाचनमा राजनीतिमा गन्ध

राजनीति समाचार

काठमाडौं । नेपाली पेशा र व्यवसायमा राजनीतिक दुर्गन्ध छ, त्यो दुर्गन्ध घट्दैन बरु बढ्छ । देशका पेशा व्यवसायीहयरुको बिचमा मत फरक हुन्छ, विचार दृष्टिकोण भिन्न हुन्छ । पेशागत संस्था फुट्दैन ।

उद्योगीहरु फरक फरक संस्थामा छन्, तर परिसंघ र उद्योग वाणिज्य महासंघका प्रतिनिधि एउटै छन् । नेपाल पत्रकार महासंघ सरकारी मान्यता प्राप्त टे«ड युनियन एउटै छ । डाक्टर, इन्जीनियर, पत्रकारहरु मात्र होइन वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्नेहरु एउटै मोर्चामा छन् । दलीय आवद्धता अनुसारका संस्थाको साझा संगठन छन् । नेपालबाट विदेशी भूमिमा गएर पेशा व्यवसाय गर्ने गैरआवासीय नेपालीहरुको संस्था एनआरएन भने दशौं महाधिवेशनबाट नालायक बन्दैछ ।

प्रत्येक अधिवेशनमा राजनीतिक आड खोज्ने प्रवृत्तिको विकास भएको छ । शेष घले अध्यक्ष हुँदासम्म यो संस्था विभाजित थिएन । संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो दुई कार्यकाल अध्यक्ष भए । जिवा लामिछाने अध्यक्ष बन्दासम्म एनआरएनएमा दुर्गन्ध थिएन । जब शेष घले नेतृत्वमा आए त्यसपछिका दिनमा गैरआवासीय संघमा राजनीति प्रवेश भयो ।

यसपटक संघ नेतृत्व निर्वाचनबाट वाम पक्षधरले कब्जा ग¥यो । कांग्रेसलाई सही साध्य भएन । अहिले एनआरएन विभाजित छ । निर्वाचित नेतृत्वले सपथ ग्रहरण गरी कार्यभार सम्हाल्दै गर्दा पराजित भएकाहरु आक्रोशित भएका छन् । भवन भट्ट अधयक्ष हुँदासम्म एनआरएन एक थियो । (तामकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *