बाग्मती प्रदेशमा भत्केला सत्ता

राजनीति समाचार

काठमाडौं । कोशीको सत्ता फेर्दा गौरव गरेको कांग्रेसको शेखर समूह बाग्मती प्रदेशमा पनि सल्बलाएको छ । माओवादीलाई एक्ल्याएर लुटका नाइकेहरुले आफु उपर लागेको आरोप र जेल सजाय मुक्त बन्ने योजना हुन सक्छ । कांग्रेस र एमालेले नक्कली भुटानी शरणार्थी प्रकरण माथिको कारवाही नहोस् भन्ने चाहना राखेका छन् । प्रत्येक भ्रष्टाचार र तस्करीमा कांग्रेस, एमाले सहभागी देखिन्छन् । त्यसमा माओवादी पनि अछुत रहेन ।

मुख्यमन्त्री केदार कार्की आफु त भए तर मन्त्री मण्डल विस्तार गर्न सकेका छैनन् । भन्नलाई मध्यावधि रोकियो भनियो, तर मन्त्रिमण्डलमा एमाले, कांग्रेस मात्र हुने कि माओवादी र संघीय गठबन्धन पनि जुट्ने भन्ने कुरा निश्चित छैन । किनकि केदार कार्की एमालेको गुण तिर्न जति हतारिन्छ, त्यो रुपमा सरकार अस्थिर बन्न सक्छ । कोशीमा एमालेले सत्ता गठबन्धन भत्काउन सफल हुनुको कारण माओवादीका बाबुराम पौडेललाई सभामुखबाट राजीनामा गराउनु हो । एमालेकी उपसभामुखले संसद चलाउँथिन् भने केन्द्रको गठबन्धन जस्तै कोशीको सरकार बन्न सक्थ्यो । कोशीमा एक पटक डा.शेखर गुटले चलाएको अन्र्तपाटी विद्रोहको प्रतिफल भोलि प्राप्त हुन्छ । ९ जना कांग्रेसी विद्रोही बोकेर एमाले बाग्मतीमा पनि कांग्रेसलाई उचाल्दैछ । डा.शेखरलाई संघीय संसदबाट प्रधानमन्त्री बन्न एमाले उचाल्दैछ ।

शेखर समूहका ३५ जना सांसद हुन् । एमालेका २ सांसद निलम्बन भएकाले ७७ जनाको सहभागिता छ । बहुमत पु¥याउन १३८ सांसदको आवश्यकता पर्दछ । ७७ मा ३५ थपिँदा ११२ पुग्छ । रास्वपाको २१ जोडेर १३३ पुग्छ । अमरेशकुमार सिंह जोडिँदा १३४ पुग्छ । चित्रबहादुर केसी, प्रेम सुवाल र अन्य दुई स्वतन्त्र जोडिँदा माओवादी, समाजवादी, जसपा र कांग्रेस संस्थापनको बहुमत पुग्दैन । कांग्रेस ५३ संस्थापनमा छन्, माओवादी ३२, जसपा १२, समाजवादी र लोसपा १४ जोडिँदा १११ हुन्छ ।

यहाँ राप्रपा १४ जोडिँदा १२५ पुग्छ । सरकार बन्न १३८ चाहिन्छ । २०७४ मा प्राप्त नेकपाको नेतृत्वको झण्डै दुईतिहाईको त्यो जनादेश केपी ओलीका कारण भत्केको हो । २०८० मा पनि ओलीकै कारण संघीय सरकार हुँदै प्रदेश सरकारहरुबाटसमेत एमाले बाहिरियो र कांग्रेस भित्रियो । कांग्रेसको संस्थापनले डा.शेखर समूहको जस्तो बैगुनी रुप देखाएको छैन । संसदीय दलको नेता फेर्न यो समूह लागेको छ । वर्तमान गठबन्धन संविधानको रक्षा, संसदको रक्षा, कानूनी राजको पालनाका लागि खडा भयो । त्यो योजना एमालेलाई मन परेन । केपी ओलीले संसदमा बोल्दा प्रतिवाद गर्ने कोही भएनन् ।

प्रचण्ड र माधव नेपालले प्रतिवाद गर्दा सत्ताबाट आउट भएको कांग्रेस सत्तामा एकाएक भित्रियो । देउवाकै कारण चुनावी गठबन्धन छाडेर प्रचण्ड बालकोट पुगेको कुरा गगन थापाको समूहलाई थाहा थियो । जुन समूहबाट थापा मन्त्रिमण्डलमा सहभागी हुन चाहन्थ्यो, आफुले सत्ता नपाएपछि गगन बेलाबखत कुर्लिने गर्छन् । आफ्नै निर्वाचन क्षेत्रको कपन वरपरका जनताको पिडामा सहभागी नभएका गगनलाई अब सहज छैन । पार्टीको महासमिति बैठकको तयारी हुँदै गर्दा कांग्रेस भित्रको आन्तरिक विद्रोहले भोलिको कांग्रेसको राजनीति निर्धारण गर्छ ।

बाग्मतीमा माओवादी, कर्णाली र सुदूरपश्चिममा त्यही शक्ति भएकाले कांग्रेसलाई कोशीमा सरकार बनाउन बाटो खुलेको हो । बैगुनीलाई गुनले मार्नु भन्छन् । कांग्रेसका गगनले रवि लामिछानेको चर्काे विरोध गर्दैनन् । तर रास्वपाको विरोध गर्न चितवन पुगेका यिनै गगनलाई जनताले साथ दिएनन् । माओवादीले तनहुँ, बारा, चितवनमा गठबन्धनलाई सघायो ।

कांग्रेस भित्रकै कलहले कुनै उम्मेद्वारले भोट पाएपनि निर्वाचन जितेनन् । तर अपजस माओवादीले पायो । कांग्रेसले नक्कली भुटानी प्रकरणमा आफ्ना मुछिने भएपछि आत्तियो । दोस्रो चरणको छानबिन रोकायो । एमालेका १२ काण्ड भ्रष्टाचारकै छन् । ती काण्ड छानबिन नगर्ने पक्षमा केपी ओली छन् । त्यसैकारण कांग्रेस र एमाले गठबन्धन बनेको हो । कोशीमा शेखरको विद्रोहले एमाले हर्षित छ । एमालेको हर्षबढाइँले भ्रष्टाचारीको संरक्षण, तस्करको रक्षा गर्ने हो । जनताले त्यसमा साथ दिँदैन भन्ने कुरा परिणामले देखाउँछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *