महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियारमा उजुरीको चाङ

राजनीति समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष छानबिन गरेको खण्डमा ढिलोचाँडो अर्काे ‘नामुद खेलाडी’ फन्दामा पर्नेवाला छन् । यद्यपि तिनलाई चोख्याउन र बचाउन एक जना विचौलिया ठेकेदार सक्रिय रहेको बताइएको छ ।

तत्कालीन मन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने लगायतलाई रिझाएर महानिर्देशक बन्न सफल भए चरम विवादित पात्र प्रदीप अधिकारी । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करोडौं सरकारी रकम अपचलन र दुरुपयोग गरेको आरोप र उजुरीको चाङ छ । तिनै जुनियर प्राधिकरणका निर्देशक (११ औं तह) प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको कुर्सीमा पुगे । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भूषण राणामार्फत समेत लबिङ गरेर महानिर्देशकको जिम्मेवारी हात पारेको क्यानका अधिकारीहरु सुनाउँछन् ।

अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानूनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा विभिन्न सरकारी निकायदेखि सम्पत्ति शुद्धीकरण विभागमा गैरकानूनी सम्पत्ति आर्जनको उजुरी परेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्दा आवश्यक्ताभन्दा बढी देखाएर लागत मूल्य २२ करोड रुपैयाँ पु¥याएर अनियमितता गरेको आरोप छ ।

जस्को लागत अनुमान ७ करोड मात्र रहेको बताइन्छ । निजगढ पछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्यारालल ट्याक्सी वे डिजाइनको परामर्शदाता छनोटमा उसैगरी ३१ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बको चलखेल गरेको आरोप प्राधिकरणका कर्मचारीहरुले लगाउँदै आएका छन् । त्यहाँको जग्गाको मूल्य बढाएर विभिन्न लटमा जग्गा अधिग्रहण गर्दा जग्गा व्यापारीबाट अधिकारीले घुस खाएको आरोप छ ।

यस्का अलवा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० करोडको हाराहारीमा परामर्श सेवामा पनि उनले अनियमितता गरेको उजुरीको आधारमा अस्तिमात्र अख्तियारको टोलीले फाइल कब्जामा लिएको छ । अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको हो । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखेको छ ।

अधिकारीले १२ अर्ब रुपैयाँमा निर्माण हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ पुर्याएको अनियमितता गरेका थिए । त्यतिखेर अधिकारी सो आयोजना प्रमुख थिए । उनले ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राखेर लाभ लिएका थिए । यो नवीन बस्नेतको कम्पनी हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली अस्ति पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा पुगेर छापा मारी त्यहाँका कागजपत्र लिएर फर्किएको छ ।

अख्तियारमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको काम गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको हो । यस्का अलवा क्षमादेवीले नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पाएको थियो । अधिकारी जहाँ जहाँ आयोजना प्रमुख भएर बसे त्यही त्यही अनियमितता गरेको बिषयमा अख्तियारमा उजुरी परेको बताइएको छ ।

ती उजुरीमा छानबिन हुन नदिने भन्दै नवीन बस्नेतले अख्तियार प्रमुख प्रेमकुमार राईलाई मिलाउन भनेर करोडौं रुपैयाँ प्रदीप अधिकारीसँगबाट लगिसकेको बिषयमा पनि आयोगले गम्भीरतापूर्वक अनुसन्धान शुरु गरेको बताइएको छ । हेर्न बाँकी छ,प्रेम राईहरुले कतिको गम्भीरतापूर्वक यो बिषयलाई छानबिन गर्दछन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *