लौ पढौं एनसेलको धन्दा

राजनीति समाचार

काठमाडौं । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको वाकयुद्ध सुरु भएको छ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजनासम्बन्धी सम्पूर्ण कागजात तयार गरेर (टेरामक्स) दूरसंचार प्राधिकरणले लागु गर्न खोज्दा सरकार र कम्पनीबीच वाकयुद्ध सुरु भएको हो ।

यो युद्ध सुरु भएको पनि धेरै भइसकेको छ । तर, सरकारले अहिलेसम्म (टेरामक्स) लागु गर्न चाहेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले (टेरामक्स) लागु खोज्दा एनसेल कम्पनीले (टेरामक्स) लागु नगर्नको लागि न्वारनदेखिको बल निकालेर लागेको छ । एनसेल कम्पनीले कार्यपालिका, अख्तियार, प्रधानमन्त्री, सञ्चारमन्त्री र न्यायपालिकालाई समेत प्रभावमा पारेको छ ।

भनिन्छ, (टेरामक्स) लागु नगर्नको लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाललाई सिंगापुरमा भेट गराएर नजराना टक्र्याएको समेत बताइन्छ । यसको चाजोपाजो मिलाउने एनसेलका विचौलिया उपेन्द्र महतो र सतिसलाल आचार्य रहेका छन् । एनसेल कम्पनीमा विदेशीको लगानी ८० प्रतिशत सेयर रहेको छ भने २० प्रतिशत शेयर नेपालीको रहेको थियो ।

नेपालीको लगानीमा रहेको त्यो २० प्रतिशत सेयर निरज गोविन्द भन्ने व्यक्तिले बेचेपछि ११ अर्ब रुपैयाँ राजश्व छली भएको छ । उता विदेशी कम्पनीको लगानी भएको ८० प्रतिशत शेयरको राजश्व ५६ अर्ब बुझाउनुपर्नेमा आलटाल गर्दा विदेशी अदालतमा मुद्दा परेको थियो । सो मुद्दा नेपाल सरकारले जितेपछि एनसेलले सरकारलाई राजश्व बुझाएको थियो । तर, बाँकी रहेको ११ अर्ब रुपैयौ भने निरज गोविन्दले राजश्व नतिरी अटेर गरेर बसेका छन् । सो राजश्व छली गरेको ११ अर्ब रुपैयाँ जोगाउनको लागि पनि उपेन्द्र महतो र सतिसलाल आचार्यले विभिन्न शक्तिकेन्द्रहरुमा धाएर प्रभावमा पारिराखेका छन् ।

त्यसलाई जोगाउनको लागि उपेन्द्र महतो र एनसेल कम्पनी मिलेर नेपालमा (टेरामक्स) लागु गर्न नदिन लभिङ गरिराखेका छन् । एनसेल कम्पनीले नेपालका राजनीतिक दल र सरकारलाई प्रयोग गरेर अर्बौंको राजश्व छली गर्ने काम गर्दै आएको छ । एनसेल कम्पनीले मात्रै होइन नेपालमा विदेशी लगानी भएका कम्पनीहरुले पनि अर्बौंको राजश्व छली गर्दै आएका छन् ।

विदेशी लगानीमा भएका कम्पनीहरुको बारेमा राज्यलाई कति कर उठेको छ भन्ने ज्ञानसमेत सम्बन्धित निकायलाई छैन । नेपालमा राजश्व छली गर्ने पहिलो नम्बरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी, एनसेल, दुगड, सूर्य नेपाल प्रा.लि., कोकाकोला कम्पनी छन् । त्योसँगै विदेशी लगानीमा सञ्चालित मदिरा कम्पनीहरु त्यत्तिकै छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *