विवादित पात्र एमालेको सम्पत्ति

राजनीति समाचार

काठमाडौं । पार्टीमा जीवन बिताएका कार्यकर्तालाई बाइपास गर्दै कहिले ईश्वर पोखरेल, कहिले केपी ओली, त कहिले माधव नेपालको खल्ती भरिएका विवादित पात्रहरु नै एमालेका सम्पत्ति भएका छन् ।

तीन नागरिकता, दुई पासपोर्ट भएका ल्यारकाल लामालाई ४५ लाख लिएर संविधान सभा सांसद बनाइयो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री बनाइएको २१ दिनमा हट्नुप¥यो । त्यहाँ ईश्वर पोखरेल जोडिएका थिए । राज्यलक्ष्मी गोल्छा दोस्रो पात्र थिइन । गोल्छाले एमालेका नेतालाई पटक पटक गरी ९ करोड बुझाएको बताएकी थिइन ।

एमालेलाई कोमल ओली मनपर्छ तर मोहनचन्द्र अधिकारीलाई खेद्छ । ओलीलाई वाह भनेबापत केन्द्रीय सदस्य पाइन । महासचिव शंकर पोखरेललाई त्यो मन परेको थिएन । शंकरको बहिनी मेनुका पोखरेललाई केपीले चिनेनन् । झापाका मेडिकल माफिया दुर्गा प्रसाइँ केपीका प्यारा भए । उनले केन्द्रीय सदस्य बनाए । अहिले प्रसाईँ राजावादी भए ।

त्यस्तै क्रिश्चियन पादरी एकनाथ ढकालले एमालेबाट समानुपातिक सांसद भए । एकनाथ ढकाललाई एमालेको बद्नाम गर्न छुट छ । बद्नाम पात्र एमालेका सम्पत्ति भएका छन् । पार्टी बद्नाम भएकोमा अध्यक्षले गर्व गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *