काठमाडौं । अघिल्लो पटक बझाङको भूकम्पमा दश दिनपछि पीडितसम्म पुगेका प्रम पुष्पकमल दाहाल हुटिङमा परे । त्यो जिल्लामा माओवादीको पक्षमा थिएन । अर्थात कांग्रेस र एमाले त्यहाँका रैथाने थिए । तर यस पटक रुकुम र जाजरकोट माओवादी किल्लामा भुँइचालो गयो । प्रमका विश्वासी जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतकै कारण प्रम भूकम्प पीडितसम्म पुग्नै प¥यो ।
सरकारले सचेतना अपनाएको छ । सहयोगमा एकरुपता ल्याएको छ । तर पीडितलाई तत्काल सबै थोक जरुरी छ । धैर्यता यस्तो बेलामा चाहिन्छ । गृह तथा उपप्रमद्वय नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का पनि गएका छन् । पैसाको वर्षा भएको छ । बोल्नेले व्यवहारिकता देखाए भने भूकम्प पीडितका घर गोठ बन्न असहज छैन । जनताको सरकारको पहिचानले दलीय भाँडभैला मिलाउने वातावरण बन्न सकेको छैन । सरकार दशैं तिहारको समयमा जनप्रिय भएन ।
माफियाको जाल फैलिएको छ । भूकम्प पीडितका नाममा कमाउन पल्केका विगतबाट थाहा हुन्छ । यसबाट राज्य सतर्क हुनुपर्छ । देशले एकता र मेलमिलाप खोजेको छ । प्रदेश सरकारले राम्रो गरेका थिएनन् । भूकम्प पीडितलाई सहयोग गर्नुपर्ने मुल दायित्व पुरा गरेका छन् । जनताको अरु काममा चासो नदिएपनि यसपटक प्रचण्ड सरकार भूकम्प पीडितप्रति सचेत बन्दैछ ।
राजनीति सहमति र सहकार्यको खेती चर्काउन कोशी प्रदेशले थालेको अभियानमा प्रमुख विपक्षी सरिक भएन । एमालेले केन्द्रीय गठबन्धन भत्काउने योजना बनाउँदै गर्दा कर्णाली प्रदेशमा भुकम्पले हजारौं नागरिकलाई पीडित बनायो । संसद असफल सिद्ध भएकै बेला स्थगित भएकै दिन रुकुम र जाजरकोटमा भुकम्पले थिलो थिलो बनायो । सरकार संसदका दलहरु सबैको ध्यान तानेको छ । ठक्कर खाएपछि प्रमको चेत खुलेको छ । (तामाकोशीसन्देशबाट)