एमालेका एआईजी र डिआईजी ओझेलमा

राजनीति समाचार

काठमाडौं । खान्न खान्न लोकाचार खान थाल्यो मानाचार प्रवृत्ति एमाले भक्त एआईजी सन्दीप भण्डारी, श्याम ज्ञवाली, डिआईजी भिम ढकाल नेपाल प्रहरीको संरचनामा अप्ठेरोमा फलेको फर्सी सावित भएका छन् । दाजु कोशी प्रदेशको सांसद रेवती भण्डारीको पहुँचबाट दोस्रो लटमा एआईजी भएका सन्दीप एसएसपी हुँदा पहिलो नम्बरमा थिए । श्याम ज्ञवालीले डिआईजी बढुवामा पनि उछिने एआईजी पनि भए । कांग्रेसले बसन्त कुँवरको बिटो समातेपछि ज्ञवाली हिस्सिएका थिए । राष्ट्रपति कानूनी सल्लाहकार बाबुराम कुँवरका भाई कुँवर कुम्ल्याउन खप्पिस अधिकृत हुन् । कांग्रेसी चरोको रुपमा उनी परिचित छन् ।

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई साथ दिएको थियो भने उपत्यका प्रहरीका एआईजी श्याम ज्ञवाली अपराधका एसएसपी डा.मनोज केसी काठमाडौंका एसएसपी दानबहादुर कार्कीको साथ थियो । यो टोली रहे देउवा पत्नी डा.आरजु र खाँड पत्नी मञ्जु खाँड दोस्रो चरणमा छानबिनमा तानिन्थे । कांग्रेस सभापति शेरबहादुरलाई मुलुकमा भ्रष्टाचार गरेकोमा चिन्ता थिएन जनता ठगिएकोमा चासो थिएन । देउवाको जोड गृहमन्त्री नारायणकाजीको पद हटाउने भन्ने थियो, तर त्यसो गर्दा देउवालाई जनताको भिडले घेराउ गथ्र्याे । आरजु र मञ्जुको सुरक्षामै खतरा थियो ।

प्रधानमन्त्रीले बरु आरजु र मञ्जु जोगाए । गृहमन्त्रीको पद बचाए काम गर्दा गर्दै झा प्रहरी अधिकृतको सरुवा भयो । कप्रमा बसेर राम्रै हजम गर्दागर्दै प्रतिष्ठानमा लुट्न पुगेका सन्दीप भण्डारी र कर्णाली प्रदेश प्रमुख डिआईजी भिम ढकाल एमालेका सूचक भएका छन् । कार्य विभागको श्याम ज्ञवालीलाई अब एमाले बन्नु छैन । एआईजी मध्येका दीपक थापा कुँवर पछिका आईजीपी हुन् ।

सरकारको आयुमा फौज भित्रको वरिष्ठता र जेष्ठताको ख्याल हुँदैन । एमालेले कोशी प्रदेशमा चालेको कदमबाट केन्द्रमा सत्ता भत्किने विश्वास गर्दै एआईजी भण्डारी प्रहरी प्रतिष्ठानमा शासक बन्दैछन् । भण्डारीलाई मानव अधिकार तस्करको साथ छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तक्षेप नगर्दा पनि प्रहरी भित्र गुटबन्दी हटेको छैन । प्रहरी भन्दा कांग्रेस बन्न सफल आईजीपी बसन्त कुँवरको कार्यक्षमता ६८औं प्रहरी दिवसको सम्बोधन नै प्रमाण हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *