यस्तो छ यातायात कार्यालय एकान्तकुनाको रामकहानी

राजनीति समाचार

काठमाडौं । दशैं तिहारजस्ता पर्व लागेपछि कर्मचारीहरुले रक्सीले नुहाउँदा रहेछन् । हालैमात्र २० हजार घुससहित फन्दामा परे,यातायात कार्यालय एकान्तकुनामा अधिकृत । यस अघि पनि यस्तै भ्रष्ट गतिविधिमा संग्लग्न रहेका यातायातका कर्मचारीहरु जति नै घुस्याहा भए पनि अख्तियारका एक जना सहसचिव र आयुक्त दाहिने भएका कारण ती डन कर्मचारीहरुलाई कसैले छुन र चलाउन सक्दैनन् ।

त्यही यातायात एकान्तकुनाका कर्मचारीहरुले तिहारका मुखमा झण्डै २० लाखको रक्सी उपहारस्वरुप बुझेको खबर त्यहाँका कर्मचारीले बताएका छन् । रिकन्डिसन हाउस र गाडी कम्पनीले उनीहरुलाई उपहारस्वरुप ब्राण्डेड रक्सीका बोतल पठाएका हुन । त्यहाँका एउटै कर्मचारीहरुले ३० बोतलसम्म रक्सी उपहारस्वरुप हात पार्न सफल भएको कर्मचारीहरु बताउँछन् । यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशबाट यातायात एकान्तकुनाको हाकिम बनेर आएका छन्,हरिहर पोखरेल । कर्मचारीहरुका अनुसार यो कार्यालय सुरक्षित र आकर्षक कार्यालयका रुपमा लिइन्छ ।

नयाँ गाडी दर्ता गरे वापत प्रति गाडी ५ सय,धुँवा जाँच गरेर हरियो स्टिकर टास्न ५ हजार शुल्क लिइदै आएकोमा कार्यालयमा नभइ बाटो घाटोमा पुगेर पाँच हजार शुल्क उठाइ राजश्वखातामा दाखिला नगर्ने धन्दा पनि त्यहाँ मौलाएको छ । ताप्लेजुङ्ग,दार्चुला लगायत सूदुर ठाउँमा रहेका गाडी दर्ता नवीकरणको काम समेत काठमाडौंबाटै हुन्छ । यस्ता सवारी साधन काठमाडौंमा नल्याइ १ लाख नवीकरण शुल्क लाग्नेमा ५० हजार लिएर काठमाडौंबाटै काम तमाम पार्दै आएका छन्,त्यहाँका कर्मचारीहरुले ।

वीमाको रकममा समेत त्यसैगरी मिलेमतोमा रकम गोलमाल पारिँदै आएको यातायातकै एक कर्मचारीले जनाएका छन् । लिखित परीक्षा सञ्चालन वापत सेवाग्राहीसँग जनही पाँच हजार,एके (मोटरसाइकल र स्कुटी)को ट्रयाल लिएवापत जनही दश हजार,साना गाडीको जनही पन्ध्रदेखि ५० हजारसम्म लिने गरेकोले सो कार्यालयका कर्मचारीहरु मोटाउने गरेका छन् । यस्तै बस,डोजर लगायतका ठूला गाडीहरुको लिखितको दश हजार र ट्रयालको एक लाखसम्म उठाउने धन्दा पनि त्यही चलिरहेको छ ।

यस प्रकारको कुशासनको नियन्त्रण कस्ले गर्दछ ? उता निजामती सेवा ऐनको खिल्ली उडाउँदै राधे राधे यातायात कार्यालयका डन कर्मचारीहरु एक दशकदेखि यातायात छोडेर दाँयाबाँया हुनु परेको छैन ।प्रदेशको अवधारणा आउनु अगाडिसम्म उनीहरु बुटबल,जनकपुर,लाहाल,इटहरी,एकान्तकुना चाहर्दै आएका छन् । हाल राधेराधेमा कार्यरत कर्मचारीहरु त्यस्ता कर्मचारीमध्ये अधिकृत छैटौं तहका गोविन्दराज शिवाकोटी,,गणेश पोखरेल,जीवन कुमार बस्नेत,कृष्णप्रसाद निरौला,विनोद बस्नेत,कम्युटर अधिकृत समीरचन्द्र लामा र सहायक पाँचौं पवन बजगाई हुन । कृष्णप्रसाद निरौला ०६९ सालदेखि उपत्यकाको विभिन्न यातायात कार्यालयमा रहँदै आएका छन् ।

यस्तै गोविन्दराज शिवाकोटी यातायात कार्यालय जनकपुर,एकान्तकुना (साना ठूला) गरि झण्डै १८ बर्षदेखि यातायात कार्यालय छोडेर बाहिर जानु परेको छैन । त्यस्तै १५ बर्षदेखि जीवन कुमार बस्नेत विभिन्न यातायात कार्यालय घुमिरहेका छन् । पिएनदेखि जागिर शुरु गरेका विनोद बस्नेतले दश बर्षभन्दा बढी समय यातायात कार्यालयमै बिताइरहेका छन् । मेकानिलक इञ्जिनियर उत्तम बस्नेतले झण्डै दुई दशक यातायातमै बिताइसकेका छन् ।

यस्तै ०७४ सालदेखि समायोजन भइ हालसम्म यातायात कार्यालयमै जागिर खाइरहेका श्यामबहादुर श्रेष्ठ (अधिकृत आठौं),कम्युटर अधिकृत राजेन्द्र प्रसाद भट्टराई,छैंटौं गणेश दाहाल, छैटौं गोपालकृष्ण चौलागाई, छैंटौं गोविन्दप्रसाद ढुंगेल, रेवतिरमण कट्टेल,बद्री भण्डारी,कविता पौडेल,जगदीश थापा,चन्द्रनारायण श्रेष्ठ,तुलसा श्रेष्ठका अलवा अधिकृत सातौं अनुप ढकाल र हालको कार्यालय प्रमुख डण्डु बहादुर बस्नेत लगायतका ९० प्रतिशत कर्मचारीहरु विगत सात बर्ष देखि यातायात कार्यालयमा छन् ।

यी अधिकांश कर्मचारीले राजधानीमा घर घडेरी जोडेका छन् । सुव्वा तहका कर्मचारीहरु समेत नीजि कारमा दौडदै आएका छन् । यसरी हैसियतभन्दा माथिल्लो ऐयासी र विलासी जीवन बिताउँदै आएका कर्मचारीहरु उपर राष्ट्रिय सतर्कता केन्द्र,अख्तियार,सम्पत्ति शुद्धीकरण जस्ता निकायले केही गर्न सक्दैन ? अकुत आर्जनमा किन छानबिन गर्न सक्दैन ?(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *