कर्मचारी र नेताहरुले मुलुक खाँदैः सर्वसधारण अलपत्र

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारीहरु पाल्दैमा हैरान भैयो भन्दै एक व्यवसायीले तामाकोशी सन्देशसँगै गुनासो पोग्दै थिए । राजनीतिक दलका नेता र कर्मचारीलाई तपाईंले किन पाल्नुप¥यो ? भनी तामाकोशीका समाचारदाताले प्रश्न गर्दा उनी भन्दै थिए, ‘मल्टी पार्टी सिस्टम भएको देशमा यस्तै हुँदो रहेछ’ । किन भने जब निर्वाचन आउँछ अनि हामीजस्ता व्यापारीहरुसँग नेताहरुले सहयोगको आशा गर्दछन् कतिपयले त तपाईंको भागमा परेको छ भनेर तोक्ने पनि गर्दछन् ।

एउटा मात्रै पार्टी र नेताले होइन नाम चलेका सबै राजनीतिक पार्टीले चन्दा माग्ने गर्दछन् । चन्दा माग्ने बेलामा नेताहरुले पनि भन्ने गर्दछन्, ‘मैले निर्वाचन जितेको खण्डमा तपाईंको लागि जे पनि गर्न तयार हुन्छु ।’ यता सहयोग माग्ने नेताहरुले निर्वाचन जितेकेको खण्डमा व्यवसायीहरु पनि ती नेताहरुको घरघरमा काम मिलाइदिन आग्रह गर्ने गर्दछन् । यसरी आग्रह गर्दा व्यापारीहरुले व्यापार व्यवसायको लागि भनिदिनुप¥यो भन्ने गर्दछन् । नेताहरुले पनि भन्सार र राजश्वका कर्मचारीहरुलाई भनसुन गरेर कर छुट गराउनेदेखि अवैध सामान भित्र्याउने काम गर्दछन् । व्यापारीहरुले पनि नेताले काम गरिदिएबापत कर्मचारी र नेतालाई कोसेली पु¥याउने गरेका छन् ।

नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार बनेको छ । तीन तहको सरकारलाई आवश्यक पर्ने भौतिक संरचनादेखि छपाइ, स्टेशनरी, फर्निचर, सवारी साधन, कम्प्युटर खरिद, खानेपानी, पर्दालगायत क्यान्टिनको समेतको ठेक्का टेण्डर गरेजस्तो गरी आफूलाई सहयोग गर्ने व्यापारीलाई दिने चलन छ । चुनावको बेला नेतालाई पैसा नदिने र कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएका स्वतन्त्र व्यापारीहरुले अहिले कुनै क्षेत्रमा पनि काम पाउन छाडिसकेका छन् ।

भनसुनको आधारमा व्यापारीहरुले सरकारी कार्यालयको काम पाए तापनि कमिसन नदिएको खण्डमा लेखा फाँट, प्रशासनका र कार्यालय प्रमुखहरुले यता र उता देखाएर फाइल घुमाउने काम गर्दछन् । तर, कमिसन आउने खालको फाइल भयो भने डकुमेन्ट पुरा नभएपनि पछि पेश गर्ने आधारमा भटाभट चेक काटिन्छ । तर, डकुमेन्ट पुरा भएको कमसिन नआउने फाइल भने यो मिलेन र त्यो मिलेन भनेर यता र उता घुमाउने गरिन्छ । त्यतिमात्रै होइन चाडवाड आएपछि कर्मचारीलाई रेडलेबल र नगद खामबन्दी पु¥याउनुपर्छ ।

त्योसँगै हरेक महिनामा एकपटक दारुपानीको व्यवस्था पनि मिलाउनुपर्छ । यदि त्यसो नगरेको खण्डमा नेताहरुले मिलाइदिएको काम पनि कर्मचारीले अनेक बहाना बनाएर हुन दिँदैनन् । तोकादेशबाट काम दिइहाले पनि कर्मचारीहरुले त्यसको भुक्तानी गर्ने बेलामा विभिन्न बहाना बनाएर टार्ने र कमिसन पाएपछि मात्रै भुक्तानी गर्ने गर्दछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *