काठमाडौं । मुलुकको समृद्धि र विकासमा दलीय सहमति र सहकार्यको खोजी दैवी प्रकोपको बेला देखिन्छ । मेलम्ची, जुरे पहिरोजस्ता घटनासँगै २०७२ सालको भूकम्पले एक भएका दलहरु २०७४ सालको चुनावपछि भाँडिदै २०८० सम्म आइपुग्दा आपसी कलह र सत्ता लिप्सामा केन्द्रीत बन्दै थिए । संघीय सरकारको गठबन्धन भत्काउन एमाले सक्रिय थियो । एमालेले कोशी प्रदेशबाट थालेको सत्ता प्रवेशको हलचल बाग्मतीमै भड्किँदै थियो । कांग्रेसले डा.शेखर गुटको विद्रोह कोशीमै समाप्त पारिदियो ।
डा.कोइरालाको घमण्ड कांग्रेस ठूलो पार्टी भन्नेमा थियो । कांग्रेस ठूलो कसरी भयो, त्यसमा चासो थिएन । त्यो बेला संविधानको रक्षा र राजनीतिक परिवर्तनको अवस्थालाई सुधार्न माओवादीकै पहलमा काम भयो । ५ दलीय गठबन्धन स्थानीय तह, प्रदेश र संघीय सरकारमा एक हुने भएपछि एमाले, राप्रपाका दुई गुट परिवार दल, चुरे भावर समेतको गठबन्धन गर्न संघ र प्रदेशमा बाध्य भएको थियो ।
गठबन्धन भत्काउने काम ओलीले गर्दै थिए । पछिल्लो पटक कोशीको बाछिटा बाग्मती हुँदै प्रचण्ड सरकार ढाल्नेसम्म योजनामा थिए । रवि र राजेन्द्र समेतले एमाले त्यागेका छन् । अहिले संसदमा सहभागी दलहरमा दलीय सहमति भएको छ । तर २०६२÷६३ का पक्षधर बिचको सहमतिमा राप्रपा र रास्वपा परेनन् ।
संघीयता, गणतन्त्र, समावेशीताका पक्षधरहरु भन्दै कांग्रेस, एमाले, माओवादी, जनमत, नागरिक उन्मुक्ति, जसपा, लोसपा, मसाल, नेमकिपा र एकीकृत समाजवादी एक ठाउँमा आएका छन् । विस्तृत शान्ति सम्झौतावादका पक्षधर एक ठाउँमा जुटेका छन् । कांग्रेसका डा.शेखर कोइरालाले कांग्रेस भित्र खेल्न खोज्दैछन् । (तामाकोशीसन्देशबाट)