काठमाडौं । संचार र सूचनाको साम्राज्य बढ्दै जाँदा ठूला दलका छोटे राजाहरु मारमा परेका छन् । नेताले जनताको समस्या हेर्ने गरेको भए राजनीतिमा वितृष्णा जाग्ने थिएन । देशको कालोधनका संरक्षक राजनीति भित्र भ्रष्टाचार, कमिशन र दलालीकरण बढेको छ । त्यही विषय सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । नेता, नेता पत्नी, छोराछोरीको भ्रष्टाचारले ब्यूरोक्रेसीमा आतंक बढेको छ । अराजकता नेताकै परिवारमा केन्द्रीत छ ।
आफैमाथि प्रहार भएपछि सरकारको तहबाट सर्वदलीय बैठक बस्ने संघीयता, गणतन्त्र, समावेशिताका एजेण्डामा समान धारणा बनाउने काम भएका छन् । कांग्रेस, माओवादी, एमालेका नेताको सत्ता असफलताले सामाजिक सञ्जाल रंगीएका छन् । त्यही कारण सबै दलको ध्यान व्यवस्थाको बचाउ र अवस्थामाथिको प्रहारमा केन्द्रीत भएको छ । राप्रपा र रास्वपा परिवर्तन पक्षमा भएपनि तिनमा प्रतिगमन चेतना हावी छ । २३४ वर्षे राजतन्त्रलाई २०५८ सालको दरबार काण्डले बद्नाम गरायो ।
ज्ञानेन्द्र शाहलाई राजकाजभन्दा व्यापारमै ध्यान थियो । वीरेन्द्रको वंश विनाशले हात लागेको सत्तामा ज्ञानेन्द्रले पंचायत फर्काउने प्रयास गर्दा गद्दी नै गुम्यो । त्यही गद्दीको पुर्नगमनमा राप्रपा र रास्वपा लागेका कारण सर्वदलीय बैठकमा परिवर्तनकारी पक्षले आमन्त्रण समेत गरेनन् । सामाजिक सञ्जालमा केपी ओली, प्रचण्ड र देउवाकै बढी बद्नाम भएको छ । (तामाकोशीसन्देशबाट)