डा. शेखरको टिमभित्र घात !

राजनीति समाचार

काठमाडौं । खोचे थाप्दै पार्टी सत्ताको दुनो सोझ्याउँदै जाने बाटो लिएका कांगेसका डा.शेखर कोइरालाको देशभरीको राजनीति प्रतिष्ठा कोशी प्रदेशको विद्रोह र त्यो सरकारको अपूर्णताले झल्काएको छ । सभापति शेरबहादुर देउवालाई प्रत्येक सेवा सुविधाका पदमा ४० प्रतिशत भाग दिन बाध्य पार्दा आफ्नो टिमभित्र महामन्त्री गगन थापा, सहमहामन्त्री र उपसभापतिसँग समेत परामर्श नगरी धनराज गुरुङ र डिकबहादुर लिम्बुलाई मन्त्रीका लागि नाम पठाएर विदेश हानिएका डा.शेखर कोइरालासँग महामन्त्री गगन थापाकै टिम आक्रोशित बनेको छ ।

ठाउँ नपाएसम्म कार्यकर्ताको नाम लिने पाएपछि एकल निर्णय गर्ने कोइराला परिवारको बानी नै हो । त्यो डा.शेखरमा पनि देखियो । डा.शेखर समूहलाई ३ जना मन्त्री दिन संस्थापन राजी थियो । तर नाम २ जनाको आयो । सभापतिले ६ जनाको नाम राखे । उप तथा रक्षा, परराष्ट्र, शहरी विकास, उद्योग, महिला, अर्थ र स्वास्थ्य आफ्नो टिम बनाएर शेखरको टिमलाई कानून र खेलकुद दिइयो । तर विवाद हुने देखेर स्वास्थ्य खाली राखियो । त्यो मन्त्रालयमा मोहन बस्नेत जान डा.शेखरको पनि साथ लिए । डा.आरजु देउवाले बस्नेत मार्फत लुट मच्चाउन चाहेको अवस्था थियो ।

अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग प्रदीप पौडेल, गुरुराज घिमिरे जोडिए । यो टिमले नक्कली भुटानी प्रकरणमा बालकृष्ण खाँड पक्राउ पर्दा दिपावली ग¥यो । रिगल भनिने गुण्डा योगराज ढकाल रिहाई हुँदा विरोध ग¥यो । नेताकै बद्नाम गर्ने टिकटक बन्द गर्दा पनि सरकारको विरोध ग¥यो । तर संसदमा आफ्नै पार्टीका आपूर्ति मन्त्रीले कालोबजार गर्ने माथि कारबाही गरेका छैनन् । चिनीमा कालोबजार गर्दा बोल्न सकेन । डा.शेखरलाई मध्यपश्चिमको भूकम्पले राजनीतिक राहत मिल्यो ।

एमालेका अध्यक्ष केपी ओलस्सँग मिलेर संघीय सरकार ढाल्ने र प्रमबन्ने डा.शेखरको रहर भने पुरा भएन । किनकी उनका पक्षका सांसदको कोशीको उग्रताको अर्थ जुटाउन सकेनन् । २९ जनामा ८ जनाको विद्रोहले कोशी प्रदेशलाई झन् बद्नाम बनेको छ । डा.शेखरको सिद्धान्त त्यतै विलय भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *