रविको पार्टीमा भाँडभैलो

राजनीति समाचार

काठमाडौं । भारतीय र पाकिस्तानी एजेन्ट हुँदै चिनियाँ एजेन्ट बनेर चम्केका बेला अमेरिकी सहयोगमा युवाहरु समातेर पुरानो दलको विरोध गर्दै खडा भएको रवि लामिछानेको रास्वपामा पनि एमालेको रोग सरेको छ । रवि विदेश भ्रमणमा छन् । रास्वपाको राजनीतिक सिद्धान्त, दर्शन नै छैन । यसले अरुको विरोध गर्छ, आफु क्रसर उद्योग र बालुवा गिटीवालासँग पैसा खान्छ भन्ने कुरा दुई दिन रवि उपप्रमुख गृहमन्त्री बन्दा भएका घटना प्रमाण थिए । त्यो क्षेत्र रवि संचारकर्मी हुँदैमा पीडित थियो ।

अध्ययन शून्य, विचारविहीन युट्युबर टोलीलाई प्रचारको साधन बनाएका रविले स्थापना गरेको ग्यालेक्सीको फोर टेलिभिजनका ठगीले सहकारी भित्र आतंक छ । रवि सांसद हुँदा पुराना पार्टीको विरोध गरे । तर अहिले रविको विरोध गर्नेलाई पार्टीमा स्थान दिने गरेका छैनन् ।

कांग्रेस भएर राष्ट्रिय योजना आयोगमा रहँदा फाइदा लिएका डा.स्वर्णिम वाग्लेलाई पार्टीको उपाध्यक्ष बनाएका रविले काठमाडौं र ललितपुरबाट प्रत्यक्ष निर्वाचित सांसदहरु डा.तोषिमा कार्की, सोभिता गौतम, विराजभक्त श्रेष्ठलाई ठाउँ दिएका छैनन् । यी सांसद विषयगत दक्ष छन् । तर रवि हावा भएका छन् । उनले आफ्नै बोली अनुसार काम गर्दैनन् ।

स्व.भरतमोहन पुत्री रिमा अधिकारी कोषाध्यक्ष चुनिएकी छन् । दीपक बोहेरा पनि मनोनित हुँदा काठमाडौं हेपिँदा राष्ट्रिय स्वतन्त्र पार्टीको हालत विभाजन हो कि विखण्डन त्यो भने अबका दिनमा पर्खनैपर्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *