गृहमन्त्रीको सचिवालयमा विज्ञापन !

राजनीति समाचार

काठमाडौं । कम्बल ओढेर घिउ खाने माओवादीका भद्र पुरुष नारायणकाजी श्रेष्ठ गृह तथा उपप्रधानमन्त्री भएर काम देखाएकै थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र कांग्रेसबाट सुन तस्करी काण्डमा माओवादीकै वर्षमान पुन र कृष्णबहादुर महराबाट धोका खाएका नारायणकाजीले प्रहरी सरुवा बढुवामा हस्तक्षेप गरेनन् । नीतिगत रुपमा आईजीपीले बुझाउने दक्षिणा भने उनले छाडेनन् ।

अहिले उनको सचिवालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको मातहतका पंजीकरण कार्यालयले जारी गर्ने सूचनाहरु केन्द्रीकृत गरी कमल गिरीको विज्ञापन एजेन्सीबाट प्रकाशन गर्ने बन्दोबस्त मिलाएको छ । यो देख्दा काजीको कम्बल ओढेर खाने चलन छ भन्नैपर्छ । गृह तथा उपप्रधानमन्त्रीकै सचिवालय हुँदै विज्ञापन एजेन्सीमार्फत गोरखापत्रमा प्रकाशन गर्ने त्यस्ता विज्ञापनको रकम ५ हजारदेखि २५ हजारसम्मको हुने जानकारहरु बताउँछन् ।

काजीलाई सहयोग गर्ने गोरखाकै किरण पन्थ नामका अर्का बिचौलिया प्रहरीको सरुवा बढुवा गर्ने भन्दै उठाउँदै गर्दा ठाउँठाउँमा धोका खाएका थिए । काजीका भाइ भने पक्राउ परेका थिए । ठगी प्रकरणमा भाइ पक्राउ पर्दा गृहमन्त्री श्रेष्ठको बद्नाम भयो । नेपाल प्रहरीले माओवादीका नाममा रामबहादुर थापा गृहमन्त्री भोग्यो ।

त्यो बेला थापा पुत्र प्रतिक र उपराष्ट्रपति पुत्र निरजको जोडी थियो । प्रहरीसँग रक्सी माग्ने, जिल्ला घुम्दा तरुनी खोज्ने यो समूह निर्मला पन्त बलात्कार र हत्यासम्म जोडिन पुग्यो । जनार्दन गृहमन्त्री भएका बेला पनि प्रहरीमा सरुवा बढुवा गर्दा कांग्रेसी भाउजु डा.आरजु देउवाको दबदबा थियो । आज आरजुको भनाई गृहले सुन्दैन । तर स्वच्छताका नाममा प्रत्येक जिल्लाबाट पंजीकरणले सूचना संकलन गर्छ ।

प्रजिअ कार्यालय मातहताका सूचना प्रकाशन गर्नुपूर्व गृहमन्त्रीको सचिवालयमा सम्पर्क गर्नुपर्ने बाध्यता बनाइएको छ । काजीको सांसद पद फागुन ११ गते जाँदैछ । तयसपछिको ६ महिनासम्म यिनले मन्त्री पदमा रजाइँ गर्लान्, त्यसपछि अध्यक्ष प्रचण्डको शरणमा पर्नुपर्ने बाध्यता छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *