प्रचण्डलाई भ्रष्टहरुले घेर्न थाले

राजनीति समाचार

काठमाडौं । माओवादीमा निष्ठा र त्याग हराएको छ । सकेको लुट्ने, आफु मन्त्री बन्दा छोराछोरी दौडाएर पैसा असुल्ने दिनानाथ शमाृ ७८ वर्षको उमेरमा पनि पार्टी सचिव छन् । शर्माले अध्यक्ष प्रचण्डलाई धम्क्याएर मोहन वैद्यको पछि लाग्छु भनेर पनि पैसा खाए । जनयुद्धको बेला बैंक लुट्दा मिलेको ९ किलो सुन पचाउने देवेन्द्र पौडेल बाग्लुङका हुन् ।

माले हुँदै माओवादी बनेका हिमाल शर्मा, कृष्ण केसी पनि बागलुङका हुन् । केसी र शर्माले नयाँ बसपार्क कब्जा गरेर काठमाडौं महानगरलाई कर नतिर्ने, भाडा नबुझाउने ल्होत्से बहुउद्देश्यीय सहकारीबाट सेयर लिने काम सफल गरेकै हुन् । वामदेव गौतमदेखि केशव स्थापितसम्म जोडिएको यो प्रकरणको छानबिन भएको छैन ।

जनयुद्धमा लुटेको धन पचाउन पार्टी फेर्ने टोपबहादुर हुन् वा दाङमा लुटेको १९ केजी सुन पचाउने शक्ति बस्नेत किन नहुन्, पार्टीका नाममा भ्रष्टाचार गर्न सबै सक्रिय छन् । अध्यक्ष प्रचण्ड जनार्दन शर्मा, वर्षमान पुनको धम्कीबाट डराउनु हुँदैन । यी दुबै महाभ्रष्टाचारी हुन् भने आफु आदर्श ठान्ने नारायणकाजी श्रेष्ठ, गिरिराज मणि पोखरलेको घुर्कीबाट डर हुँदैन । दिनानाथ, वर्षमान, जनार्दन, देवेन्द्रको समूहले धम्काएका छन् । किनकि यिनको बंगला र लगानी दशतिर छरिएको छ । काजी र गिरिराजको लगानी भएका संस्थाहरु सिन्धुली र महोत्तरीमा धेरै छन् ।

माओवादीको लुम्बिनी प्रदेशमा पनि कृष्णध्वज खड्का र जोखबहादुर महराजस्ता भ्रष्ट नै शक्तिशाली छन् । जोखबहादुर कृष्णबहादुरका सहोदर भाइ हुन् । पार्टी फुट्दा मोहन वैद्यको पछि लागे, पत्रकार गोविन्द आचार्य पछि लाग्दै थिए । दुबैलाई महराले संस्थापनमा ल्याएर कमाई गर्न सिकाउने र ठाउँ दिए । अहिले जोखबहादुर लुम्बिनी प्रदेश संसदीय दलका नेता छन् । गोविन्द आचार्य प्रधानमन्त्रीको प्रेस सल्लाहकार छन् । आचार्यकी श्रीमतीलाई पार्टी पुस्तकालयको जागिर दिएर मोहन वैद्यबाट फुत्काइएको थियो । यिनका लागि पनि अधयक्ष प्रचण्डको लगानी दिनानाथ शर्माको जस्तै छ ।

शर्मा मानव तस्करहरुसँग पार्टीको नाममा पैसा उठाउने र आफ्नो बन्दोबस्त गर्ने नेता हुन् । शर्माकै कारण निर्मल गुरुङ जस्ता मेनपावर व्यवसायीलाई कारबाही भएन । वाईसिएलले गुरुङलाई कारबाही गर्न खोज्दा दिनानाथ शर्मा निर्मल गुरुङको ठमेलस्थित मेनपावर अफिसमा दिनभर बसेको कुरा तत्कालीन पत्रकार स्व.तारा न्यौपानेले बताउने गर्दथे । यस्ता भ्रष्टको घेरामा रहेका प्रधानमन्त्री प्रचण्डले देश र जनताका लागि राम्रो काम गर्लान् भन्ने आश भएन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *