नेपाल निजामती कर्मचारी यूनियनका नेतामाथि ठगीको आरोप

राजनीति समाचार

काठमाडौं । काँग्रेस निकट नेपाल निजामती कर्मचारी संगठनको एउटा नेताले एकै पटक सयौंका संख्यामा कर्मचारीहरुलाई मूर्गा बनाएको भेटिएको छ । । कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा न ५ स्युनाका स्थायी बासिन्दा अर्जुन शाहीले जसरी विजय शाही र ज्ञानेन्द्र शाहीहरुले सर्वसाधरणलाइृ उल्लु बनाइरहेका छन् ठीक उसैगरी सयौंका संख्यामा कर्मचारीहरुलाई उल्लु बनाएर ठगि गरेको भेटिएको हो ।

आफ्नै सहकर्मीहरुलाई ठग्ने नयाँ नटरवलाल हुन अर्जुन शाही जो सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा कार्यरत छन्,प्राविधिक फाँटमा कार्यरत छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कोषाध्यक्ष समेत रहेका उनले पत्नी सिकिस्त विरामी भएको र आजै अप्रेसन भएको भन्दै सहकर्मीदेखि विभिन्न जिल्ला र स्थानीय तहका कर्मचारीहरुसँग पैसा मागेर इमोनशल व्याकमेल गरी ठगी गरेको भेटिएको छ ।

शाहीले कसैसँग आठ हजार,कसैसँग दश हजार त कसैसँग १५ हजारसम्म उठाएको विवरण अहिले समाजिक सञ्जालमा छरपष्ट भएको छ । दशैंको मुखमा यसरी सापटी मागेर रकम लिएपछि जब ती कर्मचारीहरुले रकम फिर्ता माग्न थाले तब साथीहरुको नम्बर ब्लकमा राख्ने,फोन नउठाउने गरेसँगै उनीहरुले आफू ठगिएको चाल पाएका हुन । उसो त शाहीको यो ठगी गर्ने नौलो तरिका भने होइन भन्छन्,उनलाई चिन्नेहरु । यस अघि नेल्टा नामक पशु चिकित्सकहरुको संस्थामा आवद्ध रहँदा १३२ कर्मचारीहरुसँग २ हजारदेखि ४० हजार रकमसम्म त्यसैगरी उठाएका थिए ।

यसरी सयौंका संख्यामा कर्मचारीहरुसँग ८ देखि १५ हजारसम्म उठाएका शाहीले दशैं र तिहारको बीचमा आत्महत्याको प्रयास नै गरेका सहकर्मीहरु बताउँछन् । लामो समयसम्म कार्यालयको सम्पर्कमा समेत नभएका उनैले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्,‘ जीवनको अध्यायमा निकै कठिनपूर्ण पुर्ण एवं जोखिम युक्त परिबन्धमा फसेको कारण निकै गलत ब्यवहार नैतिकहिन बाटो रोज्न पुगें,त्यो रहर नभई बाध्यात्मक स्थिति थियो । आदरणीय अग्रज आफन्त जन सबै सबैमा क्षमा चहान्छु । आगामी दिनमा यस्ता कुनै पनि गतिविधि हुने छैन । आशा छ मलाई एक पटक माफ गर्नु हुनेछ । म सबै कारोबार बिस्तारै सहज बनाउने छु ।’

यसरी शाहीले घटीमा पनि २५० कर्मचारीसँग १० हजारका दरले झण्डै २५ लाख रकम उठाइसकेका छन् । यसरी इमोनशल व्याकमेल गरेर झण्डै २५ लाख आर्जन गरेका कर्मचारी उपर न त कुनै कारवाही नै हुन्छ । आफ्नै सहकर्मी,साथीहरुलाई ठग्ने कर्मचारीले सेवाग्राहीलाई लुट्न के बाँकी राख्लान र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *