एमालेको संकल्प यात्रा संगठन यता न उता !

राजनीति समाचार

रामचन्द्र वस्नेत
नेकपा एमालेले यहीं मंसिर १४ देखि सुदूरपश्चिम वैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेको छ । पश्चिमको झुलाघाबाट सुरु भएको संकल्प यात्राको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालेको बताएका छन् । सो कार्यक्रममा अध्यक्ष ओलीसहित पोलिट ब्यूरो सदस्य, स्थायी कमिटीका सदस्य, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु, पेशा व्यवसायसँग आबद्ध प्रतिनिधिहरु, पेशागत महासंघका प्रतिनिधिहरु विद्यार्थी संगठन र प्रेस चौतारीका प्रतिनिधिहरुको संलग्नता रहेको बताइन्छ ।

उक्त संकल्प यात्रा तीन हप्तासम्म चल्ने जनाइएको छ । वैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्राले राजनीतिक बित्तामा कस्तो चमत्कार ल्याउँछ त्यो भने हेर्न बाँकी नै छ । एमालेले मध्येपहाडी लोकमार्गहुँदै पूवमा पाँचथरको चियोभन्ज्याङ्गदेखि पश्चिम अछामको मंगलसेन, सिलगढीको गोठलापानी लगायतका पश्चिमी जिल्लामा कार्यक्रम गर्दै आएको छ । यो अभियान आगामी २०८४ सालको निर्वाचनलाई मध्येनजर गर्दै एमालेले दूरदराजका पहाडी जिल्लाबाट अभियान थालेको बताएको छ । यतिबेला एमालेको यो देश दौडाहाले पार्टी संगठनमा कस्तो प्रगति गर्दछ भन्ने कौतुहलता सबैतिर छाएको छ ।

यो अभियानलाई हरेर एमाले कार्यकर्ताले भन्न थालेका छन्, ‘एमालेले संकल्प यात्रा सुरु गरे तापनि पार्टीभित्र कार्यकर्ताहरु बीचको मनमुटावले गर्दा संगठन पहिलाको अवस्थामा पुग्ने देखिँदैन ।’ पार्टीभित्र विभिन्न खाले गुटउपगुट सिर्जना भएका छन्, त्यसको थालनी अध्यक्ष ओलीले नै गरेको आरोप पनि छ । कतिपय एमाले कार्यकर्ताको भनाइ छ, अहिलेको अवस्थामा पनि एमाले यति ठूलो दल बन्नु भनेको स्व.मनोमोहन अधिकारी, मदन भण्डारीले ल्याएको भिजन नै प्रमुख हो ।

एमाले सकर्थक कतिपय कार्यकर्ताहरुले हामीले सम्झिने भनेको मनमोहन अधिकारी र मदन भण्डारीलाई हो, अहिलेको एमालेलाई होइन भन्ने गरेका छन् । कार्यकर्ताहरुबाट यस्तो भनाइ आइरहँदा नेकपा एमालेले अझै पनि देश र जनताप्रति महत्वपूर्ण भूमिका खेल्न सकेको छैन । एमालेभित्र अधिकांश कार्यकर्ताहरु पार्टीलाई भँजाएर खाने, संगठन बनाउन नसक्ने, संगठित कार्यकर्तालाई पार्टी नेतृत्वलाई कुरा लगाएर विभाजित गर्ने जस्ता काम गर्नेहरुको बिगविगी छ । एमालेले जतिसुकै अभियान चलाए पनि पार्टी बलियो हुने देखिँदैन । एमालेका अधिकांश कार्यकर्ताहरु पार्टी सरकारमा रहँदा बिच्किएका छन् ।

पार्टी सत्तामा भएको बेला देशमा सबैभन्दा धेरै भ्रष्टाचार भएको त्यसमा शीर्ष नेतृत्वको संलग्नता रहेको कार्यकर्ताको आरोप छ । सत्तामा रहँदा पार्टीभित्र गुटउउपगुट झांगिएको पार्टीमा इमान्दार कार्यकर्तालाई पाखा लगाएर आफ्ना नातेदार र आसेपासेलाई मात्रै काखी च्यापेको आरोप पनि एमालेलाई लागेको छ । पार्टी सत्तामा भएको बेला देशभर छरिएर रहेका इमानदार र बफादार कार्यकर्तालाई वास्ता नगरेको र संगठन विस्तार पनि नगरेको आरोप छ । एमालेको संकल्प यात्राले कुनै माखो नमार्ने आँकलन सर्वसाधारणले गर्न थालेका छन् । जतिसुकै राम्रो नारा ल्याएपनि पुरानै अनुहार, शैली र ढाँचामा रमाउने गरेकाले पार्टी संगठन बलियो हुने देखिँदैन । अहिले ल्याइएको संकल्प यात्रा चाडवाड सकिएपछिको फूर्सदको समयको सदुपयोग गरेको अधिकांश कार्यकर्ताहरुको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *