पूर्व प्रशासकको नियुक्तिको यस्तो छ नालीबेली

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति दिन थालिएको छ । आफू निकटका प्रशासकलाई अवकाश जानु अगावै नयाँ पद श्रृजना गरेर राज्यमन्त्री वा मन्त्री सरहको नियुक्ति खानेको भीडमा थपिए भरत पौड्याल ।

अक्सरलाई छाडेर जस्ले जागिरे जीवनमा जागिर खाने बाहेक खासै केही देन दिन सकेका छैनन् । त्यस्ता प्रशासकलाई टपक्क टिपेर फेरि संवैद्यानिक निकायदेखि राजदूत बनाइदा त्यसले के परिणाम देला ? पौडेल तिनै कर्मचारी हुन,जस्ले निजामती कर्मचारीलाई प्राप्त हुने छात्रवृत्ति समेत खोसेर छोरीलाई पढाएको आरोप लाग्दै आएको छ । जागिरे जीवनमा खासै माखो मार्न नसकेका पौडेलले क्यानडामा पुगेर कसरी राजदूत चलाउँछन,हेर्न बाँकी छ । उसो त अवकाश अगावै राजदूत खाने पौडेल एक्ला होइनन् । यस अघि पदमै बहाल रहँदा ४ बर्ष पाकिस्तानमा राजदूत खाए ।

अहिले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई मनाएर क्यानडाको राजदूतको जिम्मेवारी पाएका छन् । यस अघि शक्तिकेन्द्र बनाएर पूर्वमुख्यसचिव भोजराज घिमिरे र पूर्वमुख्यसचिव लीलामणि पौड्याल पूर्वराजदूत खाइसकेका हुन । पौड्याल त चीनबाट फर्किएर पनि बेरोजगार बस्नु परेको छैन । दुई वटा उच्चस्तरीय आयोगमा राज्यमन्त्रीसरहको जिम्मेवारी पाइसकेका छन् ।

तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले आफ्नो लागि आफैंले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको पद सृजना गरेर बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने बाटो खोलिदिए । यस्मा एनसेलको ठूलो लगानी छ भन्ने गरिँदै आएको छ । उसो त स्थानीय तहको वेव साइड निर्माणको नाममा झण्डै ३५ करोड बढी गोलमाल गरेका दिनेश थपलियाले उमेर हदका कारण अवकाश पाउनु साता दिन अघिमात्र राजीनामा दिन लगाई टपक्क टिपेर निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त नियुक्त ग¥यो ।

चार दिने सचिव शंकर खरेल उसैगरी अहिले निर्वाचन आयुक्त बन्न मुख मिठ्ठाइरहेका छन् । मासिक तीन हजार बढी भत्ताको लोभमा एक दिन अघि पदबाट राजीनामा दिएर हिड्ने तत्कालीन गृह सचिव प्रेम राई अख्तियारको प्रमुख आयुक्त छन् । यस अघिका नविन घिमिरे गृहबाटै अवकाश पाएका हुन । यस्तै खगराज बराललाई जागिरबाट राजीनामा दिएको भोलिपल्टै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)मा अध्यक्षको नियुक्ति दिइएको छ । भाई सर्वाेच्चमा भएर नेताहरुको इच्छा अनुसार फैसला गरिदिए वापत दाई माधव रेग्मी,२० दिने सचिव वीरबहादुर राईहरु हुन वा माधव बेल्वासे,डा हरि पौडेल,बिष्णु नेपाल लगायतले धमाधम नियुक्ति पड्काएका छन् । पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले अर्थ सचिवबाट अवकाश पाए लगतै प्रशासन सुधार आयोग हुँदै राष्ट्रिय सूचना आयोगतिर नियुक्ति खाए ।

यसरी तारान्तार अवसर पाउनेमा राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी पूर्व सचिव युवराज भुषाल पनि अग्रपक्तिंमा आउँछन् । यस्तै यस्ता अवसर पाउनेहरुमा बालानन्द शर्मा,लवदेव अवस्थि,शान्तराज सुवेदी,पुष्पराज कँडेल,माधव पौडेल,महाप्रसाद अधिकारी यी सबै भाग्यमानीमा पर्दछन् । यता पाँच महिनाभन्दा लामो समयदेखि महालेखापरीक्षक पद रिक्त छ । महालेखापरीक्षक बन्ने दौडमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय, पूर्वसचिव शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, हरि बस्याल, रामशरण पुडासैनी, रामप्रसाद थपलिया, शंकर खरेलहरूले जोड गरेका छन् ।

त्यसो त, महालेखापरीक्षकको कार्यालयमा लामो समय काम गरेका राममाया कुँवर, महेश्वर काफ्ले, वामदेव शर्मा, बाबुराम गौतम, बैकुण्ठबहादुर अधिकारी, चन्द्रकान्त भण्डारी पनि दौडमा छन् । विज्ञका रूपमा चार्टर्ड एकाउन्टेन्टहरू सुवोधकुमार कर्ण र हरि सिलवालले पनि महालेखापरीक्षक पदमा दाबीमा छन् ।यीमध्ये कुन पूर्व प्रशासकले बाजी मार्दछन हेर्न बाँकी छ । यसरी संवैद्यानिक आयोगदेखि नेपाल राष्ट्र बैंकसम्म रिटायर्ड क्लब बन्न पुगेको छ । जस्तो नेपाल राष्ट्र बैंकको ७ सदस्यीय सञ्चालक समितिमा ५ जना पूर्व कर्मचारी छन् । यस्तै कारण होला अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा अर्थ सचिव कृष्णहरि पुष्कर जान नचाहेको बताइन्छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *