प्रधानमन्त्री प्रचण्ड कि शेरबहादुर ?

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्बिँदै छ । सरकारका मन्त्रीहरुले काम नगरेको आरोप प्रतिपक्षी दलले लगाइरहँदा सरकारले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै छ । तर, मन्त्रिमण्डल फेरबदल गरिए तापनि सरकारको नेतृत्व भने फेरिने देखिँदैन । सत्तागठबन्धनभित्र सरकारको नेतृत्व आलोपालोमा गर्ने भनिए तापनि त्यसको अवधि अझै एक वर्ष बाँकी छ । त्यसपछि सरकारको नेतृत्व आगामी दुई वर्षको लागि नेपाली कांग्रेसले लिने भनेको थियो ।

बाँकी एक वर्ष चुनावी सरकारको नेतृत्व एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई दिने भनिएको थियो । अहिलेको राजनीतिक समीकरण हेर्दा गठबन्धनले गरेको बाचाबन्धन ओझेलमा पर्ने देखिन्छ । प्रचण्ड नेतृत्वको सरकार फेरबदल भएपछि समीकरण नै फेरिने संकेत देखिँदैछ । यदि यो गठबन्धनको समीकरण फेरिएको खण्डमा एमालेले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर आफू सामेल नहोला भन्न सकिँदैन । सत्तागठबन्धनभित्र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले केही हप्ता अगाडि यो सरकारमा सामेल हुनुको औचित्य नभएको बताएका थिए ।

नेपालको सत्तासमिकरणमा छिमेकी मुलुक भारतदेखि अन्य विदेशी मुलुकको प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव देखिन्छ । यो सरकारको आयु पनि लम्बिँदै जाने देखिन्छ । सरकारको आयु लम्बिँदै गए तापनि भित्री रुपमा राजनीतिक समीकरणको खेलोफड्को भइरहेको छ । उता नेपाली कांग्रेसभित्र पार्टी इतरपक्ष नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीचको टसलले सभापति शेरबहादुर देउवा बलियो बन्दै गएका छन् ।

सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे तापनि गठबन्धनभित्र प्रधानमन्त्री प्रचण्ड कि शेरबहादुर देउवा भन्ने विवाद चलिरहेको छ । त्यसो भएर पनि कांग्रेसभित्रको झगडा साम्य पार्न सभापति देउवा आफै प्रधानमन्त्री बन्ने मुडमा पुगेका छन् । उता देउवाका सहयोगी बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी काण्डमा जेल परिरहेका छन् । सो मुद्दाबाट केहीले सफाइ पाए पनि कांग्रेस नेता बालकृष्ण खाँडको बहसमा न्यायाधीशबीचको कुरा बाझिँदा उनी जेल मुक्त केही ढिला भएको छ । बालकृष्ण खाँड जेलमुक्त हुने छाँटकाट भएपछि सभापति देउवाले खाँडलाई नै पार्टी नेतृत्वमा अगाडि सार्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *