दूरसञ्चार प्राधिकरण ऐनविपरीत एनसेल खरिदविक्री

राजनीति समाचार

कालो धन सेतो बनाउन राजनीतिक हस्तक्षेप
काठमाडौंं । टेलिकमका अपरेटरहरुले गर्ने कल घोटाला, बाइपास तथा राजश्व छली जस्ता गैरकानुनी गतिविधिले राज्यलाई अर्बौंै रुपैयाँ घाटा लागेको ठहर गरेपछि दूरसञ्चार प्राधिकरणले उक्त कार्यको नियन्त्रण लागि टेरामक्स प्रविधि लागू गर्न खोजेको थियो । तर, दूरसञ्चार प्रदायक कम्पनी एनसेलका माफिया, दलका नेता र विचौलीहरुले दूरसञ्चार प्राधिकरणलाई टेरामक्स प्रणाली लागु गर्न दिएनन् ।

उल्टै विदेशी लगानी भएको एनसेल कम्पनी माफियाहरुको चंङ्गुलमा विक्रीवितरण गरियो । एनसेल कम्पनी विक्री गर्न दूसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र कर कार्यालयको अनुमति चाहिन्थ्यो । तर, एनसेल कम्पनी विक्री गर्न माथि उल्लेखित सम्बन्धित निकायलाई बाइपास गरी दलहरुको हस्तक्षेपमा संसदीय छानविन समिति बनाएर झारा टार्ने काम गरिँदै छ । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु विरामी हुँदा सिंगापुर गएर उपचार गर्ने गर्दथे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दालहा प्रचण्ड पत्नी स्व. सीता दाहाल, प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले सिंगापुरमा उपचार गराएको खर्न सतीशलाल आचार्यले व्यहोर्ने गरेका थिए । अहिले नेताहरुले शतिसलाल आचार्यको गुन तिर्न र विदेशमा थन्क्याएको आफ्नो कालो धन सेतो बनाउन एनसेल कम्पनीलाई कोमामा पु¥याइएको छ ।

एनसेल कम्पनीबाट मलेसियन कम्पनीलाई हटाउने चाँजोपाँजो मिलाउने काम कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा र प्रचण्डकी छोरी रेणु दाहालले गरेको स्रोतको भनाइ छ । एनसेल कम्पनी किनबेच मिलाउन प्रायःजसो देउवा पुत्र जयवीर देउवा र प्रचण्ड पुत्री रेणु दाहालको एकताका मलेसियामै वास हुने गरेको थियो । उनीहरुको मेलियामा बस्दाको खर्चपर्च र आतेजाते प्लेन भाडा पनि शतिसलाल आचार्यले नै गर्ने गर्दथे ।

एनसेल कम्पनीको नियम अनुसार ६ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, नेपाल सरकारलाई हस्तान्तरण गर्नुभन्दा अगाडि नै खर्बौं रुपैयाँ चलखेल गरेर व्यक्तिको नाममा सार्ने प्रपञ्च रचिँदै छ । तर, राजनीतिक दलका शीर्ष नेता र राज्यका सम्बन्धित निकायलाई मुखबुझो लगाएर राज्यको स्वामित्वमा जानुपर्ने एनसेल कम्पनी व्यक्तिको नाममा सीमित हुँदै छ । यस्तो हुँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छैनन् ।

उता प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि एनसेल कम्पनी सम्बन्धी प्रश्न उठाउन सकेका छैनन् । केही दिन अगाडि एनसेल कम्पनीको विषयमा केही दैनिक पत्रपत्रिकाहरुले समाचार सम्प्रेषण गर्नेबित्तिकै कम्पनीको विज्ञप्ति छाप्ने नाममा एनसेलले विज्ञापन दिएर मुखबुझो लगाउने काम गरेको थियो । अहिले राज्यसमिति र सरकारले छानविन गर्ने भनेतापनि यो भनाइ कागजमा मात्रै सीमित हुने देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *