राजश्व, भन्सार र ठूला करदाताबाट अर्थमन्त्री रुष्ट

राजनीति समाचार

काठमाडौं । डा. प्रकाश शरण महत अर्थमन्त्री भएको वर्षदिन पुग्न लाग्दा पनि अर्थतन्त्र चलायमान बनाउन सकेका छैनन् । अर्थमन्त्री महतले अर्थमन्त्रालय सम्हालेपछि त्यस अन्तर्गत पर्ने राजश्व कार्यालय, भन्सार विभाग, ठूला करदाता कार्यालय र विभिन्न कर कार्यालयहरुमा राजश्व उठाउनको लागि छानिछानी कर्मचारी सरुवा गरेका थिए । आन्तिरक राजश्व विभागमा दीर्घराज मैनाली रहेका छन् भने भन्सार विभागमा शोभाकान्त पौडेल रहेका छन् । उता ठूला करदाता कार्यालयमा जनकराज शर्मालाई ल्याइएको थियो । त्यस्तै पुष्करहरि कर्णलाई सामान्य प्रशासन मन्त्रालयबाट अर्थसचिवमा ल्याइएको थियो ।

तर, अर्थसचिवले पनि नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । उता ठूला करदा कार्यालयले पनि मन्त्रीले सोचेजस्तो कर उठाउन सकेको छैन । शर्मा भने कहाँबाट कमिसन आउँछ भन्नेमै व्यस्त छन् । आन्तरिक राजश्व विभागले पनि ठूला व्यापारिक घरानाबाट भनेजस्तो राजश्व उठाउन सकेको छैन । करको नाममा सानातिना व्यवसायीलाई तर्साएर ठूलालाई कर छली गर्न सघाउने र कमिसन खाने काममा लिप्त भएको बताइन्छ । अर्थसचिव पुष्कहरि कर्ण, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, भन्सार विभागका शोभाकान्त पौडेल र ठूला करदाताका जनकराज शर्मा जस्ता कर्मचारी प्रशासकहरुले आसातित राजश्व संकलन गर्न सकेका छैनन् ।

आन्तरिक राजश्वका महानिर्देशक दीर्घराज मैनाली राजश्व विभागमा रहँदा पनि राजश्व छलीमा सहयोगी बन्दै आएका व्यक्ति हुन् । त्यस्तै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल कांग्रेस निकट भएपनि भ्रष्टाचार गर्नमा माहिर व्यक्ति हुन् । शोभाकान्त पौडेल ठूला करदाता कार्यालय, मझौला कर कार्यालय, आन्तरिक राजश्व विभाग जस्ता मालदार ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति हुन् । त्यसकारणले पनि उनी राज्यलाई बलियो बनाउन राजश्व उठाउनुभन्दा पनि दलका नेता, आसेपासे र आफू कसरी मालामाल बन्ने भन्नेतिर तल्लीन भएको देखिन्छ ।

उता, अर्थसचिव पुष्करहरि कर्ण पनि विभिन्न शक्तिको आडमा मालदार ठाउँमा मात्रै बस्न रुचाउने व्यक्तिको रुपमा गनिन्छन् । अर्थसचिवले प्रायःजसो तराइका नेताहरुलाई बढी प्राथमिकता दिने गरेका छन् । उनी पनि मालदार मन्त्रालय र अड्डामा बसेर अकुत सम्पत्ति कमाउँदै आएका व्यक्ति हुन् । अहिले अर्थसचिव पुष्करहरि कर्णलाई नेपाल सरकारको सचिवमध्ये हर्ताकर्ताको रुपमा लिइन्छ ।

कर्ण कहिले वैदेशिक रोजगार विभाग, कहिले अख्तियार दूरुपयोग अनुसन्धान आयोग, कहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय त कहिले अर्थ र गृहमन्त्रालय ताकिरहने व्यक्ति हुन् । उता आन्तरिक राजश्व विभाग लाजिम्पाटका महानिर्देशक दीर्घराज मैनाली पनि कमाउ धन्दा चलाएर खान र खुवाउन माहिर व्यक्ति हुन् । मैनाली नेकपा एमालेसँग घनिष्ट सम्बन्ध राखेर प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धानको महानिर्देशकसमेत बन्न सफल भएका थिए ।

तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मैनालीलाई नै विश्वास गरेर राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाएका थिए । तर, मैनालीले तत्कालीन प्रधानमन्त्री ओलीले विश्वस गरेअनुसारको राजश्व उठाउन नसकेको आरोप उनलाई लागेको थियो । अहिले अर्थमन्त्री डा. प्रकाशशरण महतले जति विश्वास गरेर आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएर पठाएका थिए । तर, मन्त्री महतले आशा गरेअनुसारको राजश्व मैनालीले उठाउन नसकेको गुनासो आइरहेको छ । त्यसकारण अर्थमन्त्री महतले अर्थसचिव, मैनाली, शर्मा, पौडेल जस्ता कर्मचारी प्रशासकहरुले राजश्व संकलन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *