भन्सार र सुरक्षा निकायको लापरवाहीले राजश्व छली

राजनीति समाचार

काठमाडौं । खुला सिमानाको कारण अधिकांश तस्करहरुले चोरीनिकासी गरी भारतबाट अवैध रुपमा सामान नेपाल भित्र्याउने गरेका छन् । कसैले साँझ बिहान त कसैले रातीको समय पारेर सामान चोरी निकासी गरी नेपाल भित्र्याउने गर्दछन् । कतिपय ठूला व्यापारिक घरानाहरुले पनि भन्सार छलेर काजु, किसमिस, सुपारी, छोकडा, खाद्यान्नलगायतका सामान भन्सार छली गरेर नेपाल भित्र्याउने गरेका छन् ।

अर्कोतिर मारबाडी समुदायहरुले लत्ताकपडा, यातायातका सामान, हार्डवेयरका सामानदेखि विभिन्न इलेक्ट्रोनिक सामानहरु भन्सार छली गरेर ओसारपसार गर्दा पनि भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलले पक्राउ गरेर कारबाहीको दयरामा ल्याउन सकेको छैन । यदि पक्राउ गरिहाले तापनि घुस खाएर छुटाउने बाहेक अन्य काम गर्न सकेका छैनन् । सीमा क्षेत्रमा रहेका सुरक्षा निकायहरु तैनाथ रहे तापनि सो सामान भन्सार छली ल्याउने गिरोहहरु सक्रिय रहेका छन् ।

यसरी भन्सार छली गरेर नेपाल भित्र्याउने नाकाहरु वीरगन्ज भन्सार कार्यालय आसपास, भैरहवा भन्सार आसपास, विराटनगर भन्सार, रसुवा भन्सार, तातोपानी भन्सार आसपास जस्ता ठाउँहरु रहेका छन् । भन्सार छली गरेर ल्याइएको सामान सम्बन्धित निकायका कर्मचारीहरुले थाहा पाएपनि नपाए जस्तो गरी बस्ने गरेका छन् । राजश्व र भन्सार

विभागले समाउने भनेको स–सना पोके र झोले व्यापारीलाई मात्रै हो । ठूला व्यापारहरुले मालबहाक ट्रकमा ल्याएको सामान भन्सारमा चेकजाँच नै नगरी सेटिङमा छिराइन्छ । यस्तो काम गर्नुमा नेपालको सुरक्षा निकाय, भन्सार र सीमा क्षेत्रका सुरक्षा निकायको मिलेमतो हुने गरेको भनाइ छ । भन्सारले समाइ हाले तापनि सुराकीको आधारमा समाउने गरेको छ । किन कि सुराकी दिए बापत कमिसन आउने भएका कारणले पनि सम्बन्धित ठाउँमा चेकजाँच नगरेर सुराकीलाई काम दिने गरिन्छ ।

सुराकी दिनेहरु पनि भन्सार र सुरक्षा निकायका आफन्तहरु हुने गर्दछन् । तर, राज्यले चाहेको खण्डमा जस्तोसुकै भन्सार छली गरेर सामान छिराए तापनि पक्राउ गरी राजश्व असुल्न सक्छ । भन्सार विभागमा कार्यरत कर्मचारीहरुको घरघडेरी, हालिसान महल र सम्पत्ति हेर्ने हो भने कहाली लाग्दो देखिन्छ । त्यसकारण पनि अधिकांश कर्मचारीहरु जागिर खानेको लागि भन्सार कार्यालय, राजअनुसन्धान विभाग र ठूला करदाता कार्यालयमा जान रुचाउँछन् । किन कि एकातिर सेवा सुविधा बढी हुने अर्कोतिर व्यापारीसँग सहकार्य गरी कमिसन खान पाइने भएकाले पनि अधिकांश कर्मचारी यी ठाउँमा जान मरिहत्ते गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *