नेपाली सेनाभित्रको रोग, सशस्त्र प्रहरी बलमा पनि ?

राजनीति समाचार

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गृहमन्त्रालय राखेको थियो भने सरकार साझेदार ठूलो दल नेपाली कांग्रेसले रक्षामन्त्रालय पाएको थियो । त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठले जति हाइहाइ कमाएका थिए । अहिले विस्तारै गृहमन्त्री श्रेष्ठ सेलाउँदै गएका छन् । उता नेपाली कांग्रेसबाट रक्षामन्त्री बनेका पूर्णबहादुर खड्का पनि रक्षामन्त्रलयभित्र बदनाम हुँदै गएका छन् । ८९ सिट भएको नेपाली कांग्रेस ३२ सिटे माओवादीलाई काँधमा बोकर सरकार चलाए तापनि यो सरकारले वर्षदिन पुग्दा पनि राम्रो काम गर्न सकेको छैन ।

हुँदाहुँदा रक्षामन्त्री बनेका खड्काले नेपाली सेनाभित्रको विकृति र विसंगति हटाउनुको साटो उल्टै आफै विवादमा पर्दै आएका छन् । नेपाली सेनाभित्र भावी सेनापति को बन्ने भन्ने विषयलाई लिएर रक्षामन्त्रालय नै बदनाम भइसकेको छ । भावी सेनापतिको लागि रथी ताराध्वज पाण्डे र अशोक सिग्देलबीचको लडाइँले सेनाभित्र जनताले गर्दै आएको विश्वास गुम्दै गएको छ । नागरिकता र सठिफिकेटमा उमेर फरक देखिएको विषयमा विवाद आएपछि रथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका थिए ।

अर्का रथी अशोक सिग्देलको पनि नागरिकता र योग्यताको सठिफिकेटमा विवाद सिर्जना भएपछि सेनाभित्र भद्रगोल अवस्था सिर्जना भएको छ । सेनाभित्र भावी सेनापति को बन्ने भन्ने विषयको एकिन छैन । रक्षामन्त्री खड्का भने यो विषयमा एक शब्द नबोली बसेका छन् । रक्षामन्त्री खड्का माओवादी कार्यकर्ता हुन् कि कांग्रेसका नेता हुन् भनेर कांग्रेस पार्टीभित्रै टिकाटिप्पणी हुन थालेको छ । रक्षामन्त्री खड्कामाथि प्रधानमन्त्री प्रचण्डको इसारामा चल्ने गरेको सर्वत्र आरोप छ । उता, गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउछु भने तापनि त्यो हुन सकेको छैन । यतिबेला नेपाल प्रहरीभित्र नेपाली सेनाको जस्तै हालत भएको छ । महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरीभित्र हुने विकृति विसंगति हटाउनुको साटो झन् डामाडोल अवस्थातिर गएको बताइन्छ ।

कुँवरले एयरपोर्टबाट हुने सुन तस्करीलाई समेत रोक्न सकेका छैनन् । उता सशस्त्र प्रहरी बलभित्र एक डीआईजी पदको लागि ६ जनाको कडा प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा गर्नेहरु कृष्णराज पठाक, दिपक अधिकारी, कृष्ण ढकाल, मनिस थापा, प्रवीर कँडेल र दीपेन्द्र कुँवर रहेका छन् । त्यस प्रतिस्पर्धामा सबैभन्दा जुनियर दीपेन्द्र कुँवर पावरफूल देखिएका छन् । कुँवरलाई डीआईजी बनाउनको लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका स्वकीय सचिव भानु देउवा मरिहत्तै गरेर लागिपरेका छन् । कुँवर शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइ हुन् । त्यसकारण पनि सशस्त्र प्रहरीको डीआईजी बन्ने ६ जनाको दौडमा कुँवर प्रभावशाली देखिएका छन् । सशस्त्र प्रहरी बलभित्र योग्यता, क्षमता, दक्षता, सिनियर र जुरियर छाडेर अघि बढ्न खोजेका छन् ।

त्यस्तै नेपाली सेनाभित्र दिपेन्द्र विष्टलाई प्रमुख सेनानीबाट महासेनानी बढुवाको लागि सिफारिस गरिएको छ । विष्ट सेनाका लेखा अधिकृत हुन् र लेखा शाखामा बसेर आम्दानी गरेको आरोप लाग्ने गरेको छ । विष्टलाई विशेष बढुवा गर्न कांग्रेस नेता राजन केसीले दबाब दिएका छन् । दिपेन्द्र विष्ट नेता केसीका आफन्त रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *