यौन दुव्र्यवहार गर्ने शिक्षक जोगाउँदै स्वास्थ्य मन्त्री

राजनीति समाचार

काठमाडौं । गृह जिल्ला सिन्धुपाल्चोकमा विपक्षीमाथि दमन गर्दै आफ्नो शैली प्रदर्शन गर्दै आएका स्वास्थ्यमन्त्री मोहन बस्नेत अत्तालिएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको कमलादेवी माध्यामिक विद्यालयका दुई शिक्षकलाई गत मंसिर २२ गते प्रहरीले पक्राउ गरेपछि स्वास्थ्यमन्त्री बस्नेतको होस उडेको छ ।

यी दुई शिक्षक यिनै स्वास्थ्य मन्त्री मोहन बस्नेतको भन्ने चर्चा चलेको छ । गाउँपालिकाबाट स्कुलमा बालक्लब गठन गर्न सहजकर्ताका रुपमा शान्तिमाया गोले कमलादेवी माध्यमिक विद्यालयमा पुगेपछि कविराज पौडेल र सुरेन्द्र कोइराला भन्ने शिक्षकले विद्यालयमा माध्यामिक तहका छात्राहरुमाथि यौन दुव्यर्वहार गर्दै आएको रहस्य खुल्न पुग्यो । गोलेले विद्यार्थीमाथि शिक्षकद्वयले गरेको व्यवहार विद्यालय व्यवस्थापनलाई बुझाएपछि प्रधानाध्यापक सुनवीर तामाङ झस्किन पुगे ।

सुनवीर आफु विद्यालयमा आएको दुई वर्ष भएकोले प्रधानाध्यापकले एक्लै निर्णय लिन सकेनन् । उनले मंसिर २१ गते अभिभावक भेला गराएर जिल्ला प्रहरीमा उजुरी गर्न लगाए । बस रिजर्भ गरेर एकाएक विद्यार्थीको हुल प्रहरी कार्यालयमा पुग्दा प्रहरी चकित बन्यो । नियम कानूनको चासो नदिने मोहन बस्नेत नै वर्तमान सरकारमा शक्तिशाली मन्त्री छन् । यौन दूराचारमा परेका विद्यार्थीले नै आरोप लगाएपछि मन्त्री मोहन बस्नेतले यी दुई शिक्षकलाई बचाउन दबाब दिन सकेका छैनन् । अहिले सुरेन्द्र र कविराज प्रहरी फन्दामा छन् ।

सामाजिक र स्वास्थ्य विषयका शिक्षकको व्यवहारले इन्द्रावती गाउँपालिका नै झस्किएको छ । धेरैले मोहन बस्नेतले यी दुबै शिक्षकलाई बचाउँछन् भन्ने सोचेका थिए । उनीहरु बस्नेत निकटका मेडिकल व्यवसायी विष्णु न्यौपाने र सूर्य कोइरालाका आफन्त भएकाले पनि आफुहरु तत्काल प्रहरीबाट मुक्त हुने विश्वासमा थिए । बस्नेतका निकट न्यौपाने र कोइरालाले नै शिक्षकहरुलाई थुन्न नहुने भन्दै मोहन बस्नेतलाई दबाब दिएका थिए ।

तर छात्रासँग जोडिएको दुव्र्यवहारको विषयको कारण मोहन बस्नेतको दबाबलाई प्रहरीले टार्दै आइरहेको छ ।
भनिन्छ मन्त्री बस्नेतले यो कुरा आईजीपी वशन्त कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमा पु¥याएका छन् । तर १६ दिने महिला ंिहसा विरुद्धको अभियानले समेत यौन दुव्र्यवहारको विषयलाई गम्भीर बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *