कांग्रेस नेता भागवण्डामै मस्त

राजनीति समाचार

काठमाडौं । भ्रष्ट व्यवहारका कारण कांग्रेसले आफ्नो सिद्धान्त त्यागेको छ । तराईमा मजदुरलाई इटाभट्टीमा हालेर प्रजातान्त्रिक नरसंहार मच्चाउने रौतहटका मोहम्मद अफताब आलमजस्तालाई जेलमुक्त गर्न न्यायालय किन्न कांग्रेसका सभापति शेरबहादुर देउवा गुट तयार देखिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पुगेका बालकृष्ण खाँडलाई उच्च अदालत पाटनले धरौटीमा रिहा दिनुले नेपालमा ठूलो राजनीतिक दलका लागि गणतन्त्र आएको प्रमाण बनेको छ । यी ठूला दलले राज्यलाई लुटको अखडा बनाएका छन् । एमालेका कोइरी बचेका छन्, महरालाई पनि मुद्दा लागेको छैन ।

मुलुकमा भ्रष्टाचारको पराकाष्टालाई नियालिरहेका डा.शेखर–गगन समूह खुम्चिँदै गएको छ । यो समूहले एक्ला एक्लै समूहको निर्णय गरेको कारण लामो समय विभाजित जस्तो देखिन पुग्यो । अहिले गगन र शेखर मिल्नु र नक्कली भुटानी शरणार्थी प्रकरणका बालकृष्ण खाँड ३० लाख धरौटीमा छुट्नु संयोग बन्न पुगेको छ । गगनको आलोकाँचो सिद्धान्तकै कारण गगनको बोली कांग्रेसमा बिक्न छाडेको छ । संसदीय दलको नेता बन्न गगनलाई डा.शेखर समूहका ६ जना सांसदले पत्याएनन् ।

उता, डा.शेखर कोइराला गिरिजापुत्री सुजाता कोइराला, विपी पुत्र डा.शशांकको रोजाईमा पर्न सकेनन् । ६ करोड खर्चेर आफुले चुनाव जितेको बताउने शशांकको हैसियत पनि खुलस्त भएको छ । शेखरले ४० प्रतिशत भाग खोज्दा देउवा दिए पनि थेग्न सकेनन् । शेखरको लागि संस्थापनले दिएको ३ मन्त्री पद राष्ट्रपतिले खोसेका थिए । त्यो कुरामा कांग्रेसको इतर पक्षले कति ख्याल ग¥यो ? रामचन्द्रले राष्ट्रपति पदका लागि देउवालाई सहयोग गर्न पुगे । डा.शेखरको पछि लागेर पौडेलले पाउने केही थिएन । उनी अघिल्लो पटक देउवाका प्रतिस्पर्धी भएको कांग्रेसका सबै नेतालाई जानकारी छ ।

कांग्रेसको संस्थापनले पूर्व महामन्त्री कृष्ण सिटौलालाई काखी च्यापेर पदको लागि देउवाको सहयोगी बनेका विमलेन्द्र निधि, प्रकाशमान सिंह लम्पसारवादी हुन् । कांग्रेसभित्र पदका लागि लडाँइ चल्ने गरेको छ । स्वार्थको लागि यस्तो गठबन्धन एमाले र माओवादीमा पनि भएकै हो । लोकतन्त्र नेताको व्यवस्थापनमै प्रयोग भएको छ । नीतिगत भ्रष्टाचारमा सबै सहभागी हुने गर्छन । कांग्रेसका देउवा, एमालेका ओली र माओवादीका प्रचण्डलाई सँधै उत्साह नै छ । तर जनता महंगी, भ्रष्टाचार, माफियाकरणको कारण मारमा परेका छन् । यस्तो अवस्था हुँदा शेखर र गगन बोल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *