भ्रष्टाचारको फेहरिस्त लुकाउन अख्तियार नै अगाडि

राजनीति समाचार

काठमाडौं । जब अख्तियारमा मुद्दा पर्छ, तब पैसाको चलखेल र फाइल थन्क्याउन चहलपहल सुरु हुन्छ । आयुक्त जेल पर्छन्, दीप बस्न्यातहरु चम्किन्छन् । अख्तियारमा बसेर ७८ लाख घुस खाने आयुक्त राजनारायण पाठक हुन् । तर विशेष अदालतले उनीमाथि ३९ लाख जरिवाना तोक्यो, त्यो पनि ४ वर्षपछि । यो २०७५ को घटना थियो । २४ हजार ३३१ उजुरी पर्दा १७ हजार १६९ वटा दबाइए । चमेलिया जलविद्युतको भ्रष्टाचारमा तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली पनि मुछिएकी थिइन । चमेलियामा ढलानमा प्रति घनमिटर १४१०० खर्च गर्दा ४१ हजार ५ सय बनाएर भ्रष्टाचार गरिएको थियो ।

त्यस्तै, २४ अर्बमा दुईवटा वाइडबडी किनेर ४ अर्ब २५ करोड नोक्सान भएको बताइयो । सेल कम्पनीसँग खरिद गरेर भारवहनमा गडबढ भएको बताइयो । बिचौलिया नै चारथरिका खडा गरी भ्रष्टाचार भयो भनियो । प्रेमकुमार राई पनि जोडिन पुगे । तत्कालीन मन्त्रीहरु जीवन शाही, रविन्द्र अधिकारी, जिवेन्द्रनारायण देव, सचिव प्रेमकुमार राई, शंकर अधिकारी, कृष्णप्रसाद देवकोटा कारवाहीमा परेनन् । कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार जोगिन पुगे । राजनीति दलको चासो वास्तवमा बढी देखिन्छ ।

जनस्वास्थ्यमा समेत खेलवाड गर्ने राजनीतिक तपकाले कोरोनाको समयमा ३ लाख ९४ हजार ४०० अमेरिकी डलरको औषधी खरिदमा गरेको भ्रष्टाचारको छानबिन भएको छैन । किनकि एमाले अध्यक्ष केपी ओलीको आदेश मान्ने ईश्वर पोखरेल सिसीएमसीका प्रमुख थिए । यसमा ६४ करोडको लेनदेन थियो । भुकम्पका बेला ५० करोडभन्दा बढी त्रिपाल काण्ड मच्चाएका कांग्रेस थिए ।

अहिले एनसेल प्रकरणको छानबिन हुँदैछ । वैदेशिक लगानीकर्ताको घुस खाएर १ अर्ब ९२ करोड रकम २०७५ सालमै बाहिर जाँदा २०७६ माघ २ को मन्त्रिपरिषद्ले त्यो रकम लैजान पायन्छ भनेकै हो । यो काम राष्ट्र बैंकका डेपुटी गभर्नरले गरेका थिए । फुटबल खेलका नाममा आएको रकममा ५८ करोड १७ लाख १२ हजार हजम गर्ने गणेश थापाले जेल जानु परेन, त्यो पैसा फिर्ता गर्न पनि परेन । किनकि अख्तियारमा लोकमानसिंह कार्की त्यो बेला प्रमुख आयुक्त थिए । यो मेसोमा माओवादीको नक्कली लडाकु संख्याको नाममा ३ अर्ब भ्रष्टाचारको कुरा आयो । छानबिन गर्न कार्कीले प्रचण्ड वा कुनै नेताको हस्ताक्षेर खोजे तर फेला परेन ।

आन्तरिक राजस्वले छोडेको १३ अर्ब भ्याट काण्ड र चिया विकास निगमको २२ अर्बको लिज काण्डले लोकतन्त्र नै लजाएको छ । नेपाल आयल निगमको जग्गा खरिद काण्डमा अख्तियार आयुक्त प्रेम राई नै जोडिन पुगे । नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुमा पनि यिनै गृहसचिव थिए । यसरी हेर्दा देशको ४२ अर्ब ३७ करोड १७ लाख १२ हजार नोक्सान परेको छ । प्रत्येक नोक्सानीमा पार्टीका नेता, प्रधानमन्त्री, मन्त्री, अख्तियारसम्म जोडिएका छन् । देशमा समृद्धि र विकासका कुरा आउँछन्, तर राजस्वमा लुट तिनैले मच्चाउँछन्, जो देश लुटेरा हुन् भनिन्छ ।

अख्तियारका अवैधानिक आयुक्तहरु मध्येका पूर्व प्रहरी डिआईजी जयबहादुर चन्दले संचार, पर्यटन तथा संस्कृति, सहरी विकास, भौतिक पूर्वाधारजस्ता मन्त्रालयअन्तर्गतका योजनाको अनुसन्धान र अध्ययन गर्छन् । चन्दको काम देउवा पुत्रको बेलायती काण्डमा गरेको ९ करोड खर्च उठाउने नै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *