शक्तिशाली महानिर्देशक मतिनाको दादागिरी

राजनीति समाचार

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक मतिना वैद्यले भनेझैं बदमासी गर्न नमान्ने कर्मचारीहरु पालैपालो पेलानमा पर्ने सिलसिला जारी छ । यस्कै उदाहरण हो हालैमात्र मिश्र थरका एक सहसचिवलाई त्यहाँबाट हुत्याएर उद्योग मन्त्रालयतिर पु¥याइनु । मतिनासँग लफडामा पर्दा उनी त्यहाँबाट सरुवा भएर उद्योग मन्त्रालयमा पुगेका हुन । मतिनाको अण्डरमा तीन सहसचिव रहन्छन् ।

जसमध्ये विभागको शक्तिशाली मानिएको महाशाखा खाद्य तथा दाना नियन्त्रण महाशाखा आफैं मातहत राखेकी छिन् । मिश्र त्यहाँबाट सरुवा भएर हिडेसँगै उक्त विभाग रिक्त छ । उनी मातहतको रिजाल थरका सहसचिवलाई क्वालिटी कन्ट्रोल महाशाखा हेर्दै आएका छन् । भर्खरै सहसचिवमा बढूवा भएका र निजामतीमा लामो करिअर बाँकी रहेका रिजाल मतिनाको गलत काममा साथ नदिने सहसचिवमा पर्दछन् । फाइल कम्लिट नभएसम्म कतै पनि हस्ताक्षर नगर्ने बताउँछन् ।

सहसचिवहरुको साथ नभएर के भयो मतिनालाई उपसचिवको राम्रो साथ छ । मतिनाका दाहिने र देव्रे हातमा रुपमा किशोर खत्री,सुमन धिताल,मोहन महर्जन,भीमप्रसाद पुलामीहरु छन् । मतिनाको उठ्ती पुठ्ती धन्दामा सघाउने यिनै उपसचिवहरु हुन । मतिनाको दाहिने हात भएका कारण दशकौंदेखि उनीहरुले मतिनाको परिक्रमा लगाएरै जागिर खाइरहेका छन् । मतिनाले भनेको नमान्ने र नीति विपरित गर्न नमान्दा लामो समय धनगढी बसेका नवराज दाहाललाई (उपसचिव)लाई पोखरामा खटाइएको छ ।

नियम विपरित काम गर्न नमान्दा उनलाई पोखरा पु¥याइएको हो भनिदैंछ । यही धन्दामा साँठगाँठ गर्न नसक्दा विजय खनाललाई जनकपुरबाट विराटनगरमा फालियो । हेटौंडाका हाकिमलाई व्यापारीहरुले बोकेका कारण उनी त्यहाँबाट टसका मस हुनु परेन । विमल दाहाल भैरहवाबाट वीरगञ्ज,वीरगञ्जबाट हस्त राई जनकपुर पुगे ।

अर्काेतिर दरबन्दी बनस्पति विभागमा भए पनि मोहन महर्जन दशकौं लामो समयदेखि विभागमै बसेर तर मारिरहेका छन् । वोटनिस्ट हुन महर्जन । एफ ए ओ,डब्लु एच ओ,युनिसेफदेखि डब्लुएचओ लगायतका वैदेशिक निकायबाट जति पनि रकमहरु आउँछ,बजेटमा नदेखाई गोलमाल पार्ने धन्दामा संग्लग्न रहँदै आएका छन्,महर्जन । वैदेशिक भ्रमणमा सबैभन्दा बढी लाभ लिनेमा पनि उनकै नाम आउँछ, अग्रपक्तिंमा ।

यसरी आफूले भनेको खाने,उठाएर दिन जान्ने खुबी भएका कर्मचारीहरुलाई आफैसँग दशकौंदेखि राखेर मतिनाले अहिले सुर्खेत र धनगढी कार्यालय रिक्त राखेकी छिन् । ती ठाउँमा सुमन,किशोर लगायतका कर्मचारी किन खटाउन सक्दिनन् वा मान्दिनन् ? कारण उनको नेक्सस नै भत्कन्छ । यस्का अलवा उपत्याका गुण नियन्त्रण कार्यालय पनि खाली छ ।

मतिनाले आफ्ना एसम्यान उपसचिवलाई आफै वरिपरि राखेर उठ्ती पुट्ती धन्दामा लगाएको खाद्य प्रविधि विभागकै कर्मचारीहरु बताउँछन् । उता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेका झण्डै २७ करोडको उपकरण उनै मतिनाका कारण प्रयोगविहिन बन्न पुगेको कर्मचारीहरु सुनाउँछन् । खाद्य तथा पेय पदार्थको अनुमगन गर्ने र शंकास्पद् लागेका खानेकुरा तत्काल परीक्षण गरी कैफियतका आधारमा जरिवाना गर्न सजिलो हुने भनेर खरिद गरिएका घुम्ती ल्याबमा अहिले झार उम्रिएका छन् ।

यी उपकरण प्रयोग गर्ने मिल्ने भए विज्ञहरुको सुझाव र प्रतिवेदनलाई रद्धिको टोकरीमा फालेर मतिनाले सर्वाेच्चलाई समेत ढाटेर कीर्ते माइन्यूट गरेर जबाफ पठाएको विभागका कर्मचारीहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *