मन्त्री बस्नेतकै कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । चिसो मौसम बढेसँगै नेपालका अधिकांश भूभागमा स्वाइन फ्लु र निमोनियाको संक्रमण बढ्दै गएको छ । अहिले स्वाइन फ्लु र निमोनियाको संक्रमण देशैभर फैलिए पनि उपत्यकाभित्र बढी छ । चिसो मौसमकै कारण स्वाइन फ्लु र निमोनियाको संक्रमणका विरामीहरुको अस्पतालमा भीड लाग्ने गरेका छन् । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको हवाला दिँदै गृहजिल्लामा आफ्नो राजनीतिक दुनो सोझ्याउन व्यस्त छन् ।

मन्त्री बस्नेतले प्रायःजसो गृहजिल्ला सिन्धुपाल्चोकमै बिताउने गरिरहेका छन् । तर, देशभरका जनतालाई स्वाइन फ्लु र निमोनियाको संक्रमणले गाँजीरहँदा पनि त्यसप्रति मन्त्री बस्नेतले ध्यान दिएको पाइँदैन । मन्त्री बस्नेतले विभिन्न सार्वजनिक कार्यक्रममा पैसा नभएकै कारणले कुनै गरीवले उपचार नपाएर मर्नुपर्दै भनिरहँदा उपत्यकाभित्रका ठूला सरकारी अस्पतालहरुमा सर्वसाधारणले दिनहुँ धाउँदा पनि उपचार नपाएको गुनासो आइरहेको छ ।

उता तराई क्षेत्रमा हुने सीत लहरले सर्वसधारण प्रताडित हुन थालेका छन् । त्यस्तै रुकुमपश्चिममा भूकम्प पीडितहरु चिसोको कारणले दिनप्रतिदिन बिरामी हुने र मृत्युवरण गर्नेको संख्या बढिरहेको छ । त्यसप्रति स्वास्थ्यमन्त्री बस्नेतले ध्यान दिएका छैनन् । यतिबेला मन्त्री बस्ने सार्वजनिक भाषणमा राम्रो काम गरेको बताउँदै भित्रभित्र डाक्टरहरु सरुवा बढुवा गर्ने र कमिसन खानमै व्यस्त रहेको बताइन्छ । त्यस्तै स्वास्थ्य सामग्री खरिददेखि ढुवासम्ममा पनि कमिसनको खेल हुने गरेको छ । उता विभिन्न स्वास्थ्य सेवा विभागहरुमा आफ्ना कार्यकर्ता ज्यालादारी र करारमा भर्ना गरेर जागिर खुवाउन व्यस्त रहेको समाचार स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *