स्वास्थ्यमन्त्रीकै कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतको आतंकले स्वास्थ्य क्षेत्र आन्दोलित बनेको छ । कांग्रेस भएपछि योग्यता र क्षमता नचाहिने नियम लागू गरेर वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई हटाउन लागिपरेका स्वास्थ्यमन्त्री मोहन बस्नेतको आतंक कांग्रेसकै कोटाबाट न्यायाधीश बनेका न्यायाधीशद्वय सुष्मलता माथेमा र लिलाप्रसाद श्रेष्ठले रोकिदिएका छन् ।

वीर अस्पतालमा डा.भूपेन्द्र बस्नेत कांग्रेसको स्वास्थ्यकर्मी संघमा छन् । डा.सन्तोष पौडेल एमाले स्वास्थ्यकर्मी संघका हुन् । मन्त्री मोहन बस्नेतलाई उचाल्ने वीर अस्वतालका दीपक मुडभरी, स्टोरका टिका पनेरुहरु हुन् । अहिले वीर अस्पतालको मात्र होइन, सबै सरकारी अस्पतालका सामान किन्न बस्नेतले मन्त्रालयमा संगितालाई जिम्मा दिएर सिन्धुपाल्चोकका मेडिकल बिचौलिया विष्णु न्यौपानेलाई खटाएका छन् । मोहन बस्नेत स्वास्थ्यमन्त्री भएपपिछ वीर अस्पतालध्वस्त भएको छ । अहिले सबै अस्पतालका सामान स्वास्थ्य मन्त्रालयमार्फत किन्ने गरिन्छ ।

कहिले बेड निशुल्क गर्ने, कहिले ल्याब शुल्क दोब्बर बनाउने, सिटी स्क्यान, भिडियो एक्सरे, अल्ट्रासाउण्ड र ल्याबको शुल्क दोब्बर बनाउने काम गरेका छन् । वीर अस्पतालभित्र बिरामीले सेवा नपाउने तर बाहिर गएर सेवा लिँदा बिरामी शोषणमा पर्ने गरेका छन् । आरजुको आडमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले यस्तो आतंक मच्चाएका हुन् ।

कांग्रेसले कुनै पनि क्षेत्रमा सुधार गरेको छैन । अर्थ, उद्योग, कानून, स्वास्थ्य क्षेत्रमा कांग्रेसी रजाँइ छ । यो रजाँइले जनतामा निराशा र विद्रोह थपिएको छ । स्वास्थ्यमन्त्री बस्नेतले २०७२ सालको भूकम्पमा १९ करोड भन्दा बढी सिन्धुपाल्चोक जिल्लाको शिक्षाको नाममा भ्रष्टाचार गरेका उजुरी अख्तियारमा छ । जयबहादुर चन्दले उक्त उजुरी दबाएका छन् । छानबिन हुने हो भने बस्नेत भ्रष्टाचार काण्डमा जेल पर्थे ।

देशमा कानून छ, स्वास्थ्यका आफ्नै ऐन नियम छन् । तर मोहन बस्नेतलाई ऐन नियमावली छुँदैन । बस्नेतले वीर अस्पतालको सेवा जनमुखी बनाउन सफल डा.सन्तोष पौडेलको हाडजोर्नी सम्बन्धी विज्ञता माथि प्रहार गरे । पौडेल कास्कीका हुन भने एमाले युवा संघकी नेतृ क्रान्ति बूर्लाकोटीका श्रीमान हुन् । पौडेललाई हटाउन निर्वाचन आयोग प्रयोग गरेका यी मन्त्रीको दादागिरीविरुद्ध डाक्टर सर्वाेच्च गए, तर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया बोलेनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *