काठमाडौं । ठूला वामपन्थी एकजुट भए भने साना वामपन्थी एकै ठाउँमा हुन्छन् । तर हैसियत बिनाका ऋषि कट्टेल, सिपी मैनाली मात्र होइनन्, नेकपा मसालका चित्रबहादुरसमेत बोक्नुपर्दैन । भुसाललाई बाग्लुङ २ र प्यूठान दिँदा एमाले र माओवादीकै संगठन घट्ने हो ।
भक्तपुरका राजा नारायणमानलाई भक्तपुर एक भए पुगेकै छ । नारायणमानले माओवादी र एमालेको खन्चुवा नीति मन पराउँदैनन् । वामपन्थी सहकार्यमा मधेसी बोक्नु पर्दैन । बरु माधव नेपाललाई मिलाउनै पर्छ । पार्टी फरक नेकपा एमालेको लुटवादी जनताको बहुदलीय जनवाद नै त्याग्न नसक्ने माधवलाई चाहिएको पद नै हो ।
मुलुकमा संघीयता, गणतन्त्र, समावेशीताको एजेण्डामा माओवादी र एमाले मिल्नैपर्छ । केपी ओली र प्रचण्डको जुँगाको लडाई चलेको छ । केपी ओलीको व्यवहार सामन्तवादी छ । केपी ओलीको समृद्धि र विकास बिक्न सकेन । वाम एकताका पक्षधर पृथ्वी सुब्बा, विष्णु पौडेल, प्रदीप ज्ञवालीहरु, सूर्य थापा, खगराज अधिकारीजस्ता एमालेमा छन् ।
२०८० को चुनावमा ओेलीकै कारण बहुमत लथालिंग बनाएका थिए । एमाले लोक रिझाउन मंसिर १४ बाट पुस १ सम्मको समृद्धिको संकल्प यात्राको रमिता मिसन २०८४ सम्पन्न गरेपनि पार्टीको सदस्य ८ लाख ५० हजारबाट १० लाख पुगेका छैनन् । नेपाली जनताले खोजेको वामपन्थी एकता कम्युनिष्ट केपी ओली र प्रचण्डको जुँगाको लडाइमा कहिलेसमम चल्ने हो ।
एमालेमा जस्तै माओवादीका धनकुवेर सुन तस्करहरु एकता र सहकार्यको पक्षमा छन् । ७७ जिल्लामा संगठन भएपनि माओवादीले रामेछाप, काभ्रे, दोलखा मात्र होइन ललितपुर ३, तनहुँ १, लमजुङ सुरक्षित गर्न सक्दैन । रोल्पा, रुकुम, सिन्धुली, गोरखा, जाजरकोट, कालीकोट, रुकुमपूर्व र दाङको ३ मा जितेर माओवादी मुद्दा मेरो भन्दै फुर्कन पर्दैन । प्रचण्डको एक वर्षमा पनि जनता वाक्क भइसकेका छन् ।