श्रमसचिवको इशारामा मन्त्री भण्डारी चल्दै

राजनीति समाचार

काठमाडौं । यतिबेला श्रम तथा रोजगार मन्त्रालय विवादमा पर्न थालेको छ । श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई थप आर्थिक भारत थपिने गरी ओरियन्टेसन शुल्क बढाउने काम गरेर मन्त्रालय विवादमा तान्ने काम गरेका छन् । नेपाली युवायुवतीमा साक्षरको संख्या बढे तापनि कतिपय दूरदराजका कुनाकाप्चामा बसोबास गर्नेहरु अझै साक्षर भइसकेका छैनन् । नेपालमा उद्योगधन्दा, कलकारखाना नभएको कारण रोजीरोटीको लागि युवायुवतीहरु विदेशिने क्रम बढ्दै छ ।

अधिकांश नेपाली युवायुवतीहरुलाई नेपालमै रोजगारी दिएर देश विकास र आयआर्जन बढाएर आत्मनिर्भर बनाउनु पर्नेमा त्यो नगरी उल्टै श्रम तथा रोजगारीमन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने युवायुवतीको टाउमा आर्थिक भार थप्ने काम गरेका छन् । अधिकांश नेपाली युवाहरु विदेशको खाडी मुलुकमा तड्पी रहेका छन् । कतिपयलाई त्यहाँको सरकारले पक्राउ गरी बन्धक बनाइराखेको छ । यस्तो सम्वेदनशील विषयमा मन्त्री भण्डारीलगायत सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । उल्टै श्रम सचिव केवल भण्डारीको डिजाइन अनुसार मन्त्री भण्डारी चल्ने गरेका छन् ।

सचिव भण्डारीको जागिरे अवधि पनि आगामी चैत महिनाभित्र सकिँदै छ । आफ्नो जागिरे अवधि सकिन केही महिना मात्रै बाँकी रहेकाले मन्त्रालयको काम छोडेर श्रम सचिव भण्डारी कसरी हुन्छ कमाउधन्दातिर लिप्त भएका छन् । उनले मालदार अड्डामा आफ्ना आसेपासेलाई फिट पनि गरेका छन् । मन्त्री भण्डारी पनि आफूले रुचाएको श्रम सविचको जागिरे अवधि सकिन लागेकाले उनैसँग मिलेमतो गरी कसरी हुन्छ आम्दानीको स्रोत बनाउन लागिपरेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक, हितको लागि काम गर्नुपर्ने मन्त्रालयले उल्टै विभिन्न शीर्षकमा अभिमुखीकरण तालीमको शुल्क बढाएर तमासा देखाएका छन् ।

कतिपय साधारण लेखपढ भएका नेपालीहरु श्रमको लागि विदेश जाने गरेका छन् । त्यस्ता श्रमिकहरु विदेशमा गएर प्लम्बर, सेक्युरिटी गार्ड, डकर्मी, सिकर्मी, ड्राइभर, इलेक्ट्रोनिसियन, लेबरजस्ता काममा जाने गरेका थिए । आगामी दिनमा साधारण लेखपढ मात्रै भएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीबाट बञ्चित गराउने काम मन्त्री भण्डारीले थालेका छन् । विदेश जाने कामदारहरुको लागि अभिमुखीकरण तालीम विगत लामो समयदेखि प्रतिव्यक्ति ७०० रुपैयाँमा लिने गरिएको थियो । तर, त्यसरी दिइने अभिमुखीकरण तालीमको नाममा ७०० रुपैयाँ लिएर तालीम नदिइकन सर्टिफिकेट बेच्ने गरेका थिए ।

अभिमुखीकरणको नाममा पैसा मात्रै खाएर बिना तालीम विदेश पठाउने गरेकाले अधिकांश नेपालीहरु भाषा र सीपको अभावमा काम नपाएर अथवा भनेजस्तो काम गर्न नसकेर अलपत्र पर्दै आएका थिए । अहिले श्रम तथा रोजगार मन्त्रालयले अभिमुखीकरण तालीम दिई सीपयुक्त बनाएर मात्रै नेपाली कामदार विदेश पठाउने भने तापनि ओरेन्टियसन शुल्क ७०० रुपैयाँबाट २८०० रुपैयाँ पु¥याएको छ । पहिला ७०० रुपैयाँ लिएर कामदारलाई तालीम नै नदिइ सिर्टिफिकेट उलब्ध गराउने गरिन्थ्यो ।

आगामी पुस १९ गतेबाट ओरेन्टिसन शुल्क ७०० रुपैयाँबाट २८०० बनाउने भनिएको छ । पहिला ७०० रुपैयाँमा ओरेन्टियसन तालीम दिने भनेर रकम झ्वाम परेर बिना तालीम सिर्टिफिकेट दिने गरेकाले २८०० रुपैयाँ शुल्क लिएर तीनदिनको ओरेन्टियसन क्लास मात्रै दिने र सर्टिफिकेट उपलब्ध गराउने भनिएको छ । ओरियन्टेसन तालीम सञ्चालक, मन्त्री भण्डारी र सचिवबीचको मिलेमतोमा शुल्क वृद्धि गरिएको बताइन्छ । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुलाई सहजीकरणय गरेर प्रोत्साहन दिनुपर्नेमा उल्टै श्रमिकहरुलाई यो वा त्यो शीर्षकमा आर्थिक भार थप्ने काम गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *