शसस्त्र र नेपाल प्रहरीमा विकृति नै विकृति

राजनीति समाचार

काठमाडौं । भनिन्छ, ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ र !’ यतिबेला सशस्त्र प्रहरी बलभित्र यस्तै नियति भएको छ । सशस्त्र प्रहरीमा एआईजी चन्द्रप्रकाश गौतम (सीपी)को अनियमिततासम्बन्धी छुट्टै मिडियावाजी हुने गरेको छ । गौतमको बारेमा मिडियावाजी भए तापनि आईजीपी राजु अर्याल मुकदर्शक बनेर बसेका छन् । एआईजी गौतमलाई सशस्त्र प्रहरी बलमा उठ्तीपुठ्ती धन्दादेखि सरुवा बढुवामा ठूलो खेलोफड्को गर्ने गरेको आरोप लागिरहेको छ । एआईजी गौतमले आफ्ना सहयोगीलाई काखी च्याप्ने र अन्य इमानदार र दक्ष प्रहरीहरुलाई बाइपास गर्ने काम गर्दै आएका छन् ।

मधेस प्रदेशमा रहेका सशस्त्र प्रहरीहरुलाई पनि उठ्तीपुठ्ती धन्दामा लगाएको आरोप गौतममाथि लागिरहेको छ । गौतमलाई भारतीय सीमा क्षेत्रकामा तैनाथ रहेका सशस्त्र प्रहरीलाई पनि भन्सार छली गर्ने व्यापारीबाट असुली गर्न लगाएको आरोप लाग्ने गरेको छ । त्यस्तै सशस्त्र प्रहरीबलभित्र मालदार विभाग भनेर मानवस्रोतलाई लिइन्छ । नभन्दै एआईजी गौतम घुम्दैफिर्दै मालदार ठाउँमा पुगिहाल्छन् । गौतम अहिले सशस्त्रभित्र मानवस्रत विभागमा कार्यरत छन् ।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको राम्रो साथ रहेको बताइन्छ । त्यसकारणले पनि उनी सशस्त्र प्रहरीभित्र सधैं मालदार ठाउँमा जान सफल भएका छन् । गौतमले सशस्त्र प्रहरीभित्रको वृत्तिविकासमा असर पर्ने गरी सरुवा, बढुवा, रासन ठेक्कादेखि, काज सरुवा, भौतिक संरचना, डे«स खरिद, जाडोको ज्याकेट खरिद, अफिसियल मसलन्दा खरिदलगायतमा ठूलो चलखेल गर्ने गरेको आरोप लागिरहेको छ । गौतमको मिलेमतोमा युनिट सरुवादेखि व्यक्तिगत सरुवासमेत ठुलै रकम चलखेल हुने गरेको स्रोतको भनाइ छ । उता नेपाल प्रहरीभित्र पनि भ्रष्टाचार, विकृति र विसंगतिको चाङ् बढ्दै गएको छ ।

नेपाल प्रहरी आफै हुन्डी तस्करहरुसँग मिलेमतो गरी अवैध धन्दामा संलग्न भएको समाचार सञ्चारमाध्यममा आउन थालेका छन् । देशभित्र हुने विकृति विसंगति पहिल्याएर दोषीमाथि कारबाही गर्नुपर्ने संस्थाका व्यक्ति नै हुन्डी तस्करसँग मिलेमतो गरी कमाउधन्दा थालेपछि देशमा सुशासन कसरी कायम हुन्छ ? कसरी भ्रष्टाचार, विकृति, विसंगति हट्छ ? हुँदाहुँदा यतिबेला नेपाल प्रहरी, मावनतस्कर, सुनतस्कर, कर छली गर्ने र लागूऔषध अवैध ओसारपसार गर्नेसँग नै मिलेर कमाउ धन्दामा लागिपरेका छन् ।

उता, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर भने स्वदेश र विदेश भ्रमणमा रमाइरहेका छन् । प्रहरीभित्रको विकृति, विसंगतिलाई छानविन गरी दोषीउपर कारबाही गर्नुपर्नेमा त्यो नगरी उल्टै नीहरुसँग मिलेमतो गरी कमिसन खान उद्धत रहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *