राष्ट्रिय सभाका लागि कांग्रेसभित्र लडाइँ

राजनीति समाचार

काठमाडौं । भोट लिन र चुनाव जित्नका लागि गठबन्धन गर्न चाहने, तर पद प्राप्त गरेपछि गठबन्धन शक्तिसँग निहुँमात्र खोज्ने प्रवृत्तिले कांग्रेसभित्र द्वन्द्व सिर्जना भएको छ । राष्ट्रिय सभाजस्तो गरिमामय स्थानमा कांग्रेस बिचौलियाहरुको भारी बोकाउन तत्पर छ ।

त्यसैकारण निरन्तर सांसद बन्नैपर्ने गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, कमला पन्थ, डिला संग्रौला, डा.गोविन्द पोखरेल, मिन विश्वकर्माहरु दौडधुपमा छन् । कांग्रेसभित्र दौडधुप चाकडीमा केन्द्रित छ । कांग्रेसले ९ सिट पाउने छ । राष्ट्रपतिले एक जना मनोनित गर्ने हुन् । त्यो सिट कमला पन्थको हो । तर प्रचार गर्न, चाकडीमा धाउन फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना पर्खाल काण्डका नायक बलबहादुर केसी र अब्दुल सत्रार मात्र होइनन्, दरबारिया बनेर राष्ट्रवादी बनेका बिचौलिया अरुण सुवेदीसमेत डा.आरजुको चाकडीमा लाग्दा कालिकोटका भूपेन्द्र जंग शाहीहरु लाग्नु नौलो होइन ।

माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ । ७५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख उपप्रमुख प्रदेश सांसद र संघीय सांसदले मत हाल्न पाउनेछ । सांसदको ५४ मत स्थानीय तहको प्रमुख उपप्रमुखको १९ मत निर्धारण गरिएको छ । सत्ता गठबन्धनभित्र माओवादी, समाजवादी, जसपा बलियो शक्ति हुन्छ । कांग्रेसलाई एक्लो बनाउन सक्छन् ।

तर नेकपा एमालेले यसमा च्याँखे थाप्दैछ । एमालेकै कारण दलहरुको कार्यगत एकता पनि हुन सकेको छैन । वामपन्थी शक्ति बिचको एकता आजको आवश्यकता हो । २० सिट मध्ये वामपन्थीले पाउने १० सिट हो । आफ्नो पुरानो अवस्था कायम राख्दै एमालेका ९ सिटमा गठबन्धनको भागवण्डा हुने हो । तर अन्तर्घात कांग्रेसबाट हुन्छ । डा.शेखर समुह, देउवा र सिटौला पक्षको भागवण्डाको लडाइँ चलेको छ । राष्ट्रियसभा अध्यक्ष बन्न कृष्ण सिटौला र गोपालमानको लडाइँ छ । कमला पन्थ तेस्रो शक्ति हुन् । जो राष्ट्रपतिको उम्मेद्वार बन्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *