राजनीतिक दलभित्र डनवाद हावी

राजनीति समाचार

काठमाडौं । कांग्रेसले गगन थापालाई महामन्त्री बनाएर कांग्रेस सुध्रिन्छ र गणतन्त्रको संस्थापन पक्ष बलियो हुन्छ भन्ने सोच्न एकै हो । गगन थापाले व्यवसायीतथा किसानको करोडौं पचाएको पत्तो पाएनन् । उनैले नीतिगत भ्रष्टाचारको विरोध गर्नु भनेको डा.आरजुको धनगढीमा महल मर्मतका लागि सुदुरपश्चिम सरकारले १२ लाख ६५ हजार छुट्याएजस्तै हो । कांग्रेस यस्तै भ्रष्टाचारमा संलग्न हुँदै आएको पार्टी हो ।

कांग्रेसले रोज राणालाई प्यूठानबाट लुम्बिनी प्रदेशको सांसद बनाउने काम ग-यो । एमाले अध्यक्ष केपी ओलीकै आदेशमा महोत्तरी जिल्ला अदालतले ज्यान मुद्दाका अपराधी लक्ष्मी कोइरीलाई सफाई दियो । रोज राणालई मन्त्री बनाउन सभापति शेरबहादुर देउवाले दिएको दबाबको पछाडि डा.आरजु नै प्रमुख रहेकी छिन् ।

कांग्रेसभित्र गगन थापा आँफैं स्वच्छ छैनन् । गगनले कांग्रेस सुधार्ने भनिरहँदा कार्यकार्ता नै दंग छन् । गगन कहाँबाट सञ्चालित छन् त्यो कुरा धेरैलाई थाहा छैन । अहिले गगनले जनताको सरोकारका कार्यक्रमको विरोध गरेका छन् । उनको त्यो नक्कली विरोधको चासो र चिन्ता त धेरैले लिँदैनन् । अहिले कांग्रेसमा डा.शेखरले मर्यादा खोज्नु र गगनले पार्टी सुधार्छु भन्नु एउटै हो । डा.शेखरको टिममा बहुमत छैन । गगन थापा भनेको मौकामा चौका हान्ने युवा हुन् ।

गगनको पछि लाग्ने युवा नेता प्रदीप पौडेल पनि सक्षम छैनन् । पौडेल नेविसंघको अध्यक्ष हुँदा नेपाली युवा विदेशमा लगेर छाड्ने नेता हुन् । नेपाल आएर पैसा बुझ्ने गर्दथे । त्यस्ता धेरै छन् । शंकर भण्डारी भारतीय आरएसएसका संचारकर्मी हुन् । उनको सम्पर्क कार्यालय पानीपोखरीमा रहेको छ, जसको भाडा भारतीय दूतावासले तिर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *