संसदमा एमाले बाधक बन्दै

राजनीति समाचार

काठमाडौं । मौका पाउँदा जनताको जनजीविकाको ख्याल नगर्ने नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले मध्यपहाडी लोकमार्गमा गाडी कुदाएर जनतासँग सम्पर्कमा रहेको नाटक गरेका छन् । एमालेका कार्यक्रममा जनतालाई अध्यक्षको फरमान पूर्ण निर्देशन दिइएको छ । पार्टी सिद्धान्त, नीति, विधि प्रक्रियाबाट कति टाढा पुग्यो, नेताले बुझेका छैनन् । अध्यक्ष ओलीलाई राप्रपा र कांग्रेसभन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि आक्रमण गरेका छन् ।

पछिल्लो पटक नेकपा एमालेले संसदमा आफ्नो योजनाअनुसार महासचिवका लागि खेल खेल्यो । महासचिवको राजीनामा स्वीकृत नहुँदै संसदका सचिवलाई महासचिवमा नियुक्ति गर्न जब राष्ट्रपतिले आफ्ना सल्लाहकारमार्फत कानूनी जटिलताको खोजी गर्दा एमालेको खेल सफल हुन सकेन । एमालेका सभामुख, राष्ट्रिय सभाका अध्यक्षको त्यो खेलकै कारण संसदको विधेयक अधिवेशनको अत्तोपत्तो छैन ।
सरकारले गर्नुपर्ने काम धेरै छन् । संघीयताको कानूनी पाटो बलियो बनाउनु छ ।

राजनीतिलाई कमाईको थलोको रुपमा विकास गरियो । भत्तालाई प्राथमिकतामा राखेर देशेको अर्थतन्त्र तहसनहस बनाइँदा दलहरु आलोचित भएका छन् । गुण्डागर्दी जोडिएका अनुहारले नै बद्नाम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *