एमालेको नाममा ठगीखाने कर्मचारीको नालीबेली

राजनीति समाचार

काठमाडांंै । नेपालका कर्मचारीहरु राजनीतिक पार्टीको खोल ओढेर कर्मचारी संगठनको नेता बनेपछि सम्बन्धित कार्यालयको काम गर्नु त परै जाओस् हाजिर गर्न पनि महिनामा कतिपटक कार्यालय पुग्छन् । कतिपय कर्मचारी नेताहरुलाई आफ्नो दरबन्दी कुन मन्त्रालयअन्तगतको कुन शाखामा छ भन्ने पनि थाहा हुँदैन । त्यहीं अवस्था अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रजगज गर्दै आएका रामचन्द्र अधिकारी (आरसी)लाई लिन सकिन्छ ।

उनी नेकपा एमाले निकट कर्मचारी संगठनका उपाध्यक्ष हुन् । अधिकारीको काम खाली विभिन्न शीर्षमा चिठ्ठा खुलाउने र त्यसको टिकट छपाएर कर्मचारीलाई जबर्जस्ती भिडाउने हो । आफ्नो पार्टी निकट कर्मचारी संगठनको डायरी प्रकाशन गर्न विभिन्न लेख, रचना र रकम माग्ने काममा व्यस्त छन् । त्यसबाट बाँकी भएको समय कर्मचारी सरुवा, बुढुवा गर्नको लागि खेलोफड्को गर्ने र कमिसनमा रमाउने गर्दछन्।

त्यति मात्रै होइन, महिला कर्मचारीहरुलाई बढी प्राथमिकता दिएको देखाएर उनीहरुबाट नाजायज फाइदा पनि लिने गरेको स्रोतको भनाई छ । कर्मचारी नेतामध्येमा आरसी अधिकारी संघीय मन्त्रालयमा बसेको पनि वषौं भइसकेको छ । अन्य कर्मचारीहरु दुईदेखि तीन वर्षमा सरुवा हुने प्रावधान भए तापनि अधिकारीको हकमा भने त्यो नियम लागु भएको छैन । उनी कर्मचारी सरुवा, बढुवा मात्रै गर्दैनन्, जग्गा बिक्रीवितरण र प्लटिङ्ग गर्ने काममा पनि संलग्न भएको आरोप छ ।

अधिकारी सधैं फिटफाट र चिरिच्याट्ट परेर सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका सचिवसँग भेटघाट गनेर भलाकुसारी गरी दिन बताउने गर्दछन् । उनकोविरुद्धमा केही सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरे तापनि मेरो प्रचारप्रसार गरे छ भन्दै अन्य कर्मचारीसँग गुनासो पोख्ने गर्दछन् । मेरो बारेमा नकारात्मक समाचार लेख्ने पत्रकारहरुलाई उजुर गर्नुपर्ने भएको छ, त्यसको लागि प्रेस काउन्सिलमा मेरो साथी छ, त्यो सञ्चारमाध्यमविरुद्ध उजुरी हालिदिनुप¥यो भन्दै सिंहदरबारभित्रका अन्य कर्मचारी साथीहरुसँग गुनासो पोख्ने गर्दछन् ।

तर, उनले गुनासो गरेको केही हप्ता नबिन्दै उनकोविरुद्धमा समाचार लेख्ने पत्रकारलाई आफ्नो कलाकर्तुत लुकाउनको लागि विज्ञापनको नाममा विभिन्न सरकारी कार्यालयको सन्देशमुलक सूचना प्रकाशित गर्न लगाउँछन् । आफ्नो कालाकर्तुत ढाकछोप गर्न सूचनाको नाममा विज्ञापन छाउन लगाउने र वर्षौसम्म मिडियालाई भुक्तनी नदिएर झुलाउने सो विज्ञापनको रकम आफैले खाने गरेको गुनासो समान्य प्रशासनभित्र सुनिन्छ ।

उल्टै छपाउन लगाएको विज्ञापनको भ्याट बिलसमेत बेपत्ता बनाएर मिडियालाई दुःख दिने काम गरेको आरोप आरसी अधिकारीमाथि लाग्ने गरेको छ । लोकसेवा पास गरी देश र जनताको भलो चिताई काम गर्छु भनेर कसम खाएर जागिर खाने कर्मचारीबाट यस्तो धोका हुन्छ भने अन्य व्यक्तिबाट जनताले के आशा गर्ने ? उता, खरिदा र नासुको सरुवा उपसचिवले गर्दछन् भने शाखा अधिकृत र उपसचिवको सरुवा सहसचिवले गर्ने प्रावधान छ । सचिव र सहसचिवको सरुवा मुख्य सचिवले गर्ने चलन छ ।

यस्तो चलन भए तापनि कर्मचारी संगठनका नेताहरु हावी भएर सचिव र सहसचिवलाई चुनौती दिने काम गर्दै आएका छन् । एमालेको नामा उठाइखाने कर्मचारीहरु रामचन्द्र अधिकारी (आरसी), रेवन्त गौतम, तत्कालीन आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोलानाथ पोखरेल लगायत संगठनका कर्मचारीहरु रहेका छन् । उता, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल हटेपछि हालका अध्यक्ष अमरदत्त भट्टपनि कर्मचारी संगठनको हित बिपरीत काम गर्ने र उठ्तीपुठ्तीमा लागेको बताइन्छ । भट्ट अध्यक्ष भएपछि संगठनको काम हुन नसकेको गुनासो पनि सम्बन्धित पक्षबाट आउने गरेको छ । कांग्रेस निकट कर्मचारी संगठनको त कुरै नगरौं । किन कि त्यो संगठन नै बदनाम संगठन हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *