किन भाग्छन् सहकारी र फाइनान्सहरु ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । विगत केही वर्ष अगाडिदेखि सहकारीमा देखिएका समस्या हल हुनुपर्नेमा झन् विकृति र विसंगति बढ्दै गएर सर्वसाधारण नेपालीले जम्मा गरेको पैसा हिनामिना गरेर भाग्ने क्रम फस्टाउँदै गएको छ । यतिबेला संघ, प्रदेश र स्थानीय तहमा अधिकांश सहकारी सञ्चालकहरु भागिरहेका छन् । भागेका मात्रै छैनन् नेपाली जनताको अर्बौ रकम समेत हिनामिना भएको छ ।

कतिपय उद्योग व्यवसाय गर्ने र जागिरबाट अवकाश पाएसँगै सहकारी पेशामा लाग्ने र बिचैमा जागिर छाडेर जागिरबाट आएको उपदान समेत बढी व्याजको लोभमा सहकारी फाइनान्सहरुमा राख्ने गरेका छन् । तर सर्वसाधारण जनताले जम्मा गरेको पैसा सहकारी सञ्चालकहरुले आफूखुसी लगानी गर्ने, मिटर ब्याजमा दिने र लगाउने, सहकारी सञ्चालकका आफ्ना नातागोतालाई विना धितो ऋण दिने, घर जग्गामा लगानी गर्ने, सञ्चालक समितिहरुले विभिन्न स्वदेशदेखि विदेश भ्रमण गर्दा हवाई टिकट र गाडीमा अनावश्यक खर्च गर्ने, खानपीन र लजिङ फुडिङमा व्यापक खर्च गर्ने, सो ऋण समयमा उठाउन नसक्ने, सहकारी सञ्चालकहरुले गाडी पजेरो चड्ने, इन्धन र मोबिलमा खर्च गर्ने, हप्ता या महिनामा बिदाको दिन पारेर सुरासुन्दरी लिएर घुम्न जाने, आफ्ना मन परेका प्रेमी, प्रेमिकालाई विना धितो ऋण दिने जस्ता प्रवृत्तिका कारण सहकारीहरु डुब्ने गरेका छन् ।

कतिपय फाइनान्स र सहकारीहरु भागेर सर्वसाधारणदेखि धनाड्य व्यक्तिहरु बढी ब्याजको लोभमा फाइनात्स र सहकारीमा पैसा राख्ने गरेका थिए । यतिबेला कतिपय सहकारी र फाइनान्सका सञ्चालकहरुमा राजनीतिक पार्टीका नेताहरु समेत संलग्न भएको पाइन्छ । उनीहरु संलग्न रहेता पनि माथि उल्लेख गरेको व्यवहार अनुसार चलिनै रहेका छन् । अधिकाशं सर्वसाधारण जनताले जम्मा गरेको पैसामा नाफामूलक देखाएर मंसिर लागेदेखि बैशाख महिनासम्म सहकारीहरुले वनभोज खुवाउने र भ्रमण गराएर फजुल गर्ने गरेका छन् । खर्चमात्र गरेका छैनन् ती सर्वसाधारण बचतकर्तालाई नाफावापत आएको व्याजको भुक्तानी समेत देखाएर संस्था नाफामा गएको देखाउने र संस्थाको पैसा विभिन्न शीर्षकमा खर्च गरेर हिनामिना गर्ने क्रम जारी नै छ ।

यतिबेला संघदेखि प्रदेश हुदैँ स्थानीय तह र सत्तहत्तरै जिल्लामा सहकारी र फाइनान्सका सञ्चालकहरु भाग्ने क्रम जारी छ । सञ्चालकहरु यतिबेला विभिन्न बहाना बनाएर भागिरहँदा पनि राज्यका सम्बन्धित निकायले सहकारी सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नेदेखि बचतकर्ताको पैसा फिर्ता दिलाउन सकेको छैन । यस्ता भाग्ने सहकारी र फाइनान्सका सञ्चालकहरुलाई पक्राउ गर्न नसक्नु भनेको राजनीतिक दलकै नेतहरुको मिलेमतो रहेको देखिन्छ । आगामी दिनमा सञ्चालनमा रहेका सहकारी र फाइनान्सहरु नभाग्लान भन्न सकिँदैन । त्यस कारण पनि राज्यका सम्बन्धित निकायले बदमासी गर्नेलाई छानविन गरी दोषीलाई कानुनी दायरामा नल्याएसम्म बचतकर्तालाई ठगेर भाग्ने क्रम बढेर जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *