किन विवादमा परे एआईजी गौतम ?

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिका दुर्याेधन भनिन्छ । सशस्त्र प्रहरीमा पनि एआईजी चन्द्र प्रकाश गौतम पनि दुर्याेधन बन्दैछन् । ओलीलाई संविधान र कानून लाग्दैन भने गौतमलाई सशस्त्र प्रहरीको विधि, प्रक्रिया, कार्यगत शैलीको ख्याल छैन । किनकि गौतम सशस्त्रको प्रशासनको प्रमुख भएदेखि नै सशस्त्रका बिओपीहरु आतंकित छन् । व्यक्तिभन्दा टिम नै सरुवा गर्दा युनिट र पोष्टहरुको पहिचान गर्न अप्ठेरो छ । यही बेला तस्करहरु मौलाउन थालेका छन् ।

सशस्त्रको कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेशका जिल्लाहरुमा भारतीय सीमासँग जोडिएका बिओपी गुल्म र पोष्टहरुमा खटिएका कमाण्डदेखि जवानसम्म आफ्नो प्रदेशको गुल्मबाट भन्दा एआईजी गौतमको योजनाबाट आतंकित बन्नुपर्ने अवस्था छ । फौजमा राजनीतिक हस्तक्षेप नभएको बेला पनि अर्धसैनिक बल सशस्त्रलाई प्रशासनका एआईजी तड्पाउने काम गरका छन् ।

आईजीपी राजु अर्याल समक्ष अन्यायमा परेकाहरुले गुनासो प्रकट गर्दा सुनुवाई भएको छैन । आफु सेनाको फर्मेशनबाट आएको दाबी गर्दै घुमुवा परिचालन गरेर बिओपी र पोष्टको टिम फेर्दाको समयमा तस्करी खोलेर असुल्ने काम गौतमले गरे । सशस्त्रमा एआईजी गौतमको कामले छाएको आक्रोशले उनकै क्षमतामाथि प्रश्न उठाएको छ । प्रदेश २ को नेतृत्व लिँदा २ अर्ब रुपैयाँ हुण्डी कारोबारीसँग असुल्दा गौतमको टिमका एसएसपी र एसपीहरु नै रिसाउँदा अहिले त्यो सूचना बाहरिदिएको हो । तर कानूनभन्दा माथि संगठनको ऐनभन्दा फरक उनको शैली झन् बढ्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *